logo
  • आइतबार, असोज ११ २०८३

राष्ट्रपतिद्धारा गुल्मीका दुई बेग्ला बेग्लै कार्यक्रमलाई संबोधन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल,गुल्मी फागुन ४ ।
राष्ट्रपति बिद्या देवि भण्डारीले जिल्लाका दुई बेग्ला बेग्लै कार्यक्रमलाई संबोधन गरेकी छन् । गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घाको त्रिभुवन माविको स्वर्ण महोत्सव र रुरु संस्कृति साधारण माविकको सतबार्षिकीको उद्घाटन गरेकी छन् । त्रिभुवन मावि कुर्घाको स्र्वण महोत्सवलाई संबोधन गर्दै भण्डारीले शिक्षा क्षेत्रको विकासको लागि राज्यको मात्रै मुख ताकेर नहुने बताइन् । उनले राज्यले सामुदायिक बिद्यालयमा धेरै लगानी गरेपनि अपेक्षा अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको गुनासो आइरहेकाले कम्जोरीहरुको समिक्षा गर्नुपर्ने खाँचो रहेको बताइन् । ‘समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा हो,’राष्ट्रिपति भण्डारीले भनिन,‘ शिक्षामा समय अनुकुल लगानी र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।’ उनले समाजकै अग्रसरता र लगानीमा देशका धेरै सामुदायिक बिद्यालय नमुना भएकाले त्यस तर्फ लाग्न सवैलाई आग्रह गरिन् । राष्ट्रपति भण्डारीले आर्थिक अभाव, चेतना अभाव र बिपन्नताका कारण अझै सम्म पनि हरेक नेपालीको शिक्षामा पहुँच पुग्न नसकेको बताइन् । उनले गुल्मी कफी खेतीको उद्गम स्थल भएकाले अब शिक्षालाइ प्रविधिसंग जोड्दै त्रिभुवन माबिलाई प्राविधिक शिक्षाको शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न सबै आग्रह गरिन । भण्डारीले बिद्यालयले भर्खरै निर्माण गरेको स्र्वण स्तम्भको अनावरण गरेकी थिइन् । त्यसैगरी गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्ण बिष्टले राज्यले निशुल्क रुपमा ब्यबस्था गरेको शिक्षा लिनबाट कोही पनि बञ्चित नहुने गरि आफुहरु लागि परेको बताए । पुर्व मन्त्री समेत रहेका बिष्टले यस क्षेत्रमा त्रिभुवन माबिले शैक्षिक जागरणको लागि खेलेको भुमिका अग्रणी रहेको बताए । यस बिद्यालयको लागि आफु यसै क्षेत्रको जनप्रतिनिधि भइसकेको नाताले सदैव साथ र सहयोग रहने बताउँदै शिक्षालाई प्रविधि सँग जोेड्नुपर्नेमा जोड दिए ।

स्वर्ण महोत्सवमा झण्डै दुई करोड आर्थिक संकलन

गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घाको त्रिभुवन माविको स्वर्ण महोत्सवका लागि झण्डै दुई करोड आर्थिक संकलन भएको छ । स्वर्ण महोत्सव मुल आयोजक समितिका प्रचार प्रसार संयोजक रबिलाल पौडेलका अनुसार महोत्सवका लागि एकै व्यक्तिले २० लाख सम्म सहयोग गरेका छन् । बिद्यालयले स्वर्ण महोत्सवसँगै शैक्षिक गुणस्तरको विकास गर्न सोहि बिद्यालयका पूर्व बिद्यार्थी हाल बेल्जीयमा कार्यरत घनश्याम शर्माले २० लाख सहयोग गरेको पौडेलले बताए ।

त्यस्तै हेमकला रायमाझीले पाँच लाख पाँच सय ५५ रुपैयाँ बिद्यालयलाई चन्दा प्रदान गरकी छन् । अहिलेसम्म छ सय ४४ जना चन्दादाताबाट एक करोड ८५ लाख संकलन गरिएको छ । महोत्सव ४ फागुनदेखि ७ गतेसम्म बिबिध कार्यक्रमहरु साथ सम्पन्न हुँदै छ ।

रिडी संस्कृत तथा साधारण मावीको सतवार्षिकीको उद्घाटन

आजै राष्ट्रपति बिद्यादेबि भण्डारीले रिडी संस्कृत तथा साधारण मावीको सतबार्षिकीको उद्घाटन गरेकी छन् । कार्यक्रमलाई उद्घाटन गर्दै उनले प्रसिद्ध धार्मिक स्थल रुरुको विकास र समृद्धिका लागि सवैको ध्यान पुग्नुपर्नेमा जोड दिइन् । साथै कालीगण्डकी र लुम्बिनी चक्रपथले रुरु धामलाई जोडेकाले यसको समुचित विकास गर्नुको विकल्प नभएको बताइन् । संस्कृत पढाई हुने एक बिद्यालयले सय बष ठुलो इतिहास बोकेकाले यस्ता शैक्षिक संस्थाहरुको जर्गेना गर्ने दायित्व हामी सबैको काँधमा रहेको भण्डारीले बताइन् ।

त्यस्तै गुल्मी क्षेत्र नं १ का सांसद प्रदिप ज्ञवालीले रुरु धाम तीन जिल्लाको मात्रै धार्मिक स्थल नभएर सिङ्गो देशकै गौरव भएकाले विश्व सम्पदा सुचीमा सुचिकृत गर्ने काम शुरु भएको बताए । साथै उनले रिडिसंग जोडिएर जिल्लाको एक मात्र संस्कृत पढाई हुने बिद्यालय रुरु संस्कृत साधरण माविका सर्वोतम विकासका लागि आफै सधै लागि पर्ने बताए । संस्कृतमा पढाई हुने देशकै सवैभन्दा पुराना बिद्यालय मध्येको यो बिद्यालयको छात्राबास लगायतका समस्या समाधान गर्न आफु जनप्रतिनिधी भएको हैसियतले कुनै कसुर बाँकी नरहने ज्ञवालीले बताए ।

अहिलेसम्म चार भिभिआइपीको भ्रमण

अहिलेको मुसिकोट नगरपालिकामा विभिन्न स्थानमा चार भिभिआइपीको भ्रमण भएको छ । अहिले राष्ट्रपति र यस अघि नगरपालिकाका विभिन्न स्थानमा दुई राजाहरुले तीन पटक भ्रमण गरेको नगरपालिका मेयर सोमनाथ सापकोटाले बताए । २०१८ सालमा राजा महेन्द्र पुर्व पश्चिम पदयात्राको क्रममा नगरपालिकाको वामीमा २०४१ र २०४६ सालमा राजा बिरेन्द्र गुल्मीको आँपचौरमा आएको एमाले जिल्ला कमिटी सदस्य जीवन खरेलले बताए । बिरेन्द्र कफि खेतीको उद्गम स्थल आँपचौरको अनुगमन गर्न आएका थिए ।

राष्ट्रपतिद्वारा गण्डकी स्नान र रुरु धामको दर्शन

शुक्रबार बिहान रिडी आएकी राष्ट्रपति भण्डारीले काली गण्डकीमा स्नान गर्नुका साथै क्रृषिकेश मन्दिरको दर्शन गरेको रुरु संस्कृत तथा साधारण माबि बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीले जानकारी दिए । राष्ट्रपति बिद्यादेवि भण्डारीसंगै पुर्वमन्त्रीहरु प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट र सोम प्रसाद पाण्डेय गुल्मी आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend