logo
  • आइतबार, असोज ११ २०८३

होण्डाले ल्यायो प्रेम जोडीलाई खुसीको खबर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल , गुल्मी फागुन १ ।
प्रेम दिवस अर्थात भ्यालेटाइन डे सवैको आँगनमा छ । प्रेम सबैको मनमा हुन्छ । तर पछिल्लो समय युवायुवतीहरूले आफूले मन पराएको मान्छेलाई मनको कुरा व्यक्त गर्ने अवसरका रूपमा भ्यालेन्टाइन डेलाई प्रयोग गरिरहेका छन् । उहिले प्रेम व्यक्त गरिन्न थियो । आँखाले हेरे पुग्थ्यो । समय परिवर्तनसँगै गाउँघरदेखि सहरबजारमा कागज, कापी, कलम पुगेपछि ‘लभ लेटर‘ मार्फत प्रेम व्यक्त हुन थाल्यो । पछि फेरि गिफ्ट हाउसको रेड रोज कार्डको जमाना आयो । रेड रोज कार्ड अर्थात रातो गुलाबको फूल दिएर प्रपोज गरेमा विरलै अस्वीकार हुने विश्वास गरिन्थ्यो । समयले त्यो पनि दुर्लभ बनायो । अहिले गुलावको फुल होइन प्रेमी बाइक लिएर र प्रेमिका स्कुटी लिएर भेट हुन्छन् । अनि नौलो ठाउँ घुम्न मन पुग्छन् । त्यहि कुरालाई मध्ये नजर गर्दै एमपीएस टे«डर्स होण्डा सोरुम तम्घास गुल्मीले भ्यालेनटाइन डे को अवसरमा फागुन २, ३ र ४ गते बिशेष छुटका साथ होण्डाका मोटर साइकल र नाभी स्कुटरको बिक्री बितरण गर्दै छ ।

त्यस्तै सवै किसिमका मोटरसाइकल एक्सचेन्ज तथा फ्रि सर्भिसिङ्ग, नयाँ मोटरसाइकल र स्कुटर किन्नेहरुका लागि टेस्ट राइटको व्यावस्था गरिएको एमपीएस टे«डर्स होण्डा सोरुम तम्घास गुल्मीका व्यावस्थापक प्रिजम श्रेष्टले बताए ।

साथै नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने, एक्सचेन्ज तथा फ्रि सर्भिसिङ्गका लागि ग्राहकहरुलाई गोला प्रथाद्धारा बम्पर उपहारको समेत व्यास्था गरिएको श्रेष्टले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend