logo
  • बुधबार, असोज १४ २०८३

रेसुङ्गा क्याम्पसका विद्यार्थीद्धारा धुर्कोटका शैक्षिक सस्थाँको अवलोकन


  • साझा नेटवर्क
  • बुधबार, असोज १४ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १ ।
रेसुङ्गा बहुमुखि क्याम्पस बि.एड. दोस्रो बर्षका विद्यार्थीहरुले धुर्कोट गाउँपालिकाका विभिन्न शैक्षिक तथा धार्मिक स्थलहरुमा अवलोकन तथा भ्रमण गरेका छन् । विद्यार्थीहरुले आइतबार धुर्कोट परमानन्द बहुमुखि क्याम्पस धुर्कोट गाउँपालिका ५ वस्तु र पाञ्चायन माध्यमिक विद्यालय धुर्कोट गाउँपालिका ४ जैसिथोकमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।धुर्कोट परामानन्द क्याम्पसमा गाउँ र शहरबिचको शिक्षाको अवस्था, विद्यार्थीहरुको शैक्षिक स्तर तथा गुणस्तर लगायतका विषयमा छलफल गरिएको थियो । त्यस्तै स्नातक स्तरमा खस्किदै गएको शैक्षिक स्तरलाई फलदायि बनाउन शिक्षक तथा विद्यार्थीहरुको भूमिकाका बिषयमा पनि चर्चा गरिएको क्याम्पसका उपप्रध्यापक ऋिषिराम पाण्डेले जानकारी दिए । कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले रेसुङ्गा क्याम्पसमा अत्याधिक छात्राको हुनुले आफू हर्षित भएको तर गाउँका क्याम्पसमा विद्यार्थी नहुँने समस्या रहेको बताएका थिए ।

अन्तरक्रियाको क्रममा विद्यार्थीहरुले गाउँपालिकाभित्र गर्नुपर्ने विकास निर्माणका कामहरु, धुर्कोट क्याम्पसमा विद्यार्थी सङ्ख्या बढाउनुपर्ने लगायतका विषयमा गाउँपालिकाले ध्यान पु¥याउनुपर्ने बताएका थिए । त्यस्तै विचित्र गुफा राम्रो हुँदाहुँदै पनि यसको प्रचार नभएको भन्दै त्यसको प्रचार–प्रसारको लागि गाउँपालिकाले पनि भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थीहरुको जिज्ञासा मेटाउदै गाउँप्रमुख भूपाल पोखरेलले धेरै कामहरु तिब्र रुपमा अगाडी बढेको बताउदै ति कार्यहरुलाई पनि सँगसँगै लैजाने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यसका साथै यहि चैत ४ गतेदेखि ७ गतेसम्म हुन लागेको धुर्कोट धार्मिक मेलामा उपस्थित हुन पनि सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा गाउँप्रमुख पोखरेल, उपप्रमुख शिव खत्री लगायत गाउँपालिकाका कर्मचारी, विभिन्न संघ सस्थाँका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । धुर्कोट गाउँपालिकाको कार्यलय, परमानन्द भण्डारी क्याम्पस तथा पाञ्चायन मावि सबैले भ्रमणमा गएका विद्यार्थीहरुको उज्जवल भविष्यको समेत कामना गरेका थिए । भ्रमणमा रहेका विद्यार्थीहरुको तर्फबाट सबै स्थानमा रेसुङ्गा बहुमुखि क्याम्पस बि.एड. दोस्रो बर्ष भ्रमण ब्यवस्थापन समिति संयोजक हुमाकान्त पोखरेलले भ्रमणको भ्रमणको उदेश्यबारे प्रकाश पारेका थिए ।

आजभोलि सबैजसो विद्यार्थीहरु शहरतिर भ्रमण जाने परम्परा बस्दै गएकोमा रेसुङ्गा क्याम्पसका विद्यार्थीहरु भने गाउँका शैक्षिक सस्थाँमा पनि भ्रमणको लागि आउनु सुखद कुरा भएको विद्यालयहरुले बताएका छन् । अब आउदा दिनहरुमा पनि रेसुङ्गा बहुमुखि क्याम्पस र धुर्कोट गाउँपालिकाको कार्यलय तथा  गाउँपालिकाभित्रका सबैजासो शैक्षिक सस्थाँबिचको सम्बन्ध अझ नजिक हुनुपर्ने सहभागिहरुले जोड दिएका छन् । क्याम्पसका विद्यार्थीहरुले विचित्र गुफा र शिवालय मन्दिरको पनि अवलोकन गरेका थिए ।गुफा अवलोकनको क्रममा गुफामै पहिलो पटक गुफाको प्रचारमा सहयोग पुग्ने उदेश्यले रेसुङ्गा क्याम्पसको ब्यानर टाँसेका छन् । भ्रमणलाई विचित्र गुफा संरक्षण समितिले निशुल्क प्रवेश तथा धुर्कोट गाउँपालिकाले निशुल्क खानाको ब्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend