साझा नेटवर्क
प्रेम सुनार,गुल्मी माघ २७ ।
गुल्मीमा सम्भवत पहिलो पटक एक महिलाले एक पुरुषलाई वलात्कारको प्रयास गरेकी छन् । घटना माघ १ गतेको हो तर हालै मात्र यस घटनाको खुलासा भएको हो । भर्खरै खुलासा भएको घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले पुरुषलाई वलात्कारको प्रयास गरेको उजुरी परेको छ।
वडाध्यक्ष मानबहादुर कुँवर संग सम्पर्क राख्दा उनिहरुको नाम गोप्य राखी दिन आग्रह गरे । उनका अनुसार दुवै जना ४० वर्ष उमेर नाघेका महिला र पुरुष हुन । ति पुरुष छिमेकीको घरमा गएका थिए । जुन घरको एक कोठामा तिन जना महिलाहरु थिए । ति मध्येकी एक महिलाले ति पुरुषको लिङ्गमा स्पर्श गर्न सुरु गरेको र पछि अध्याधिक उन्मादमा आई जोड संग लिङ्ग बटारी दिएको ति
पुरुषले बताएका छन् ।
वडाध्यक्ष कुँवरका अनुसार लिङ्गमा गम्भीर असर परे पछि उनलाईै जिल्ला अस्पताल तम्घासमा ल्याईएको थियो । तम्घासबाट रिफर भई उनि अहिले भरतपुर अस्पतालमा उपचार गराई रहेका छन् । स्थानियका अनुसार उनी एकदमै सोझा व्यक्ति हुन् । दुुई वटी श्रीमति विवाह गरेर पनि उनले वास्ता नगरे पछि ति महिलाहरुले छाडेर भाई वुहारीहरु संग वसेका छन् । उनको यौन शक्ति परिक्षणका लागि पनि उन्मत्त महिलाले उनको लिङ्ग स्पर्शको प्रयास गरिएको हुन सक्ने स्थानियको अनुमान छ ।
धुर्कोट वस्तु प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शेरबहादुर थापा संग सम्पर्क राख्दा उनले त्यस्तो उजुरी परेको बताए । उनले भने–‘अहिले ति पुरुषको उपचार भई रहेको हुँदा डाक्टरको रिर्पोट नआए सम्म अनुसन्धानकै्र क्रममा छ , मैले जिल्लामा डिएसपी सावलाई समेत जानकारी गराई सकेको छु ।’ ति महिलाले सुरुमा मैले उपचार खर्च ब्यहोर्छु , थाना चौकी नगराउँ भनेको तर अहिले मैले होईन भन्ने गरेको एक जनप्रतिनिधीले बताए ।
ति महिलाका श्रीमान भारतमा रोजगारीमा रहेका छन् । ति पुरुषका उजुरीकर्ता उनकी भाई बुहारी रहेको प्रहरीले बताएको छ । उनिहरु दुवै दलित समुदायका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend