साझा नेटवर्क
प्रेम सुनार, गुल्मी माघ २६ ।
हिजो साँझ अवेर सम्म गुल्मीको कुर्घावासीले आगोलागिबाट सिङ्गो गाउँ नै ध्वस्त हुन लागेको भन्दै सदरमुकाम तम्घासमा रहेका सञ्चारकर्मीहरु संग हारगुहार गरी रहेका थिए । उक्त हारगुहार सञ्चारकर्मीहरुले नेपाली सेना विरभद्रजंग गुल्मी तम्घास धागीथुम व्यारेकका गुल्मपति सेनानी गोकर्ण देवकोटा समक्ष व्यारेक मै पुगेर पुराई दिए ।
तत्तकाले सेनानी देवकोटाले त्यहाँका वडाध्यक्ष भागिरथ खरेल संग बुझे । स्थिती गम्भीर बुझे पछि सेनानी देवकोटाले तत्काल फायर फाईटिङ्ग टोलीलाई तयार पार्न टुवाईसी सह–सेनानी राजिव वस्नेतलाई निर्देशन दिए । लगत्तै टोली तयार भयो । उता वामीमा रहेको सुरक्षा सेमुलाई त्यस तर्फ लाग्न निर्देशन भयो भने यताबाट पनि राती नै टोली मुभ भयो ।
् स्थानिय समाज सेवी अजुर्न अर्याल भन्छन्–‘यहाँको ५० भन्दा बढि घरधुरी नष्टै हुनै लागेको बेला नेपाली सेना साढे ३ वजे राती आई पुग्यो र गाउँ नष्ट हुनबाट जोग्यो , हामी निकै आभारी भएका छौं । मुसिकोट नगरपालिका वडा नम्वर ६ , साविकको कुर्घा गाविसको मालिका खर्वाङ्ग गाउँमा केहि वर्षयता होम स्टेका लागि सजाईएको गाउँ यसरी नष्ट हुनबाट जोगाईएको हो ।
स्थानिायवासी एवं नेपाली कांग्रेसका जिल्ला सदस्य ज्ञानु सापकोटाका अनुसार स्थानियको नियन्त्रण बाहिर रहेको जंगलमा लागेको आगो राती नै नेपाली सेना र सशस्त्र प्रहरी तैनाथ नभएको भए सिङ्गो गाउँ सखाप हुनेवाला थियो ।
सापकोटाले भने–‘पहिलो पटक यस गाउँका वासीन्दाले नेपाली सेना र सशस्त्र प्रहरीको भुमिकाको प्रत्यक्ष अनुभुत गर्न पाएका छन् ।’ हिजो साँझ करिव ५ वजेबाट खर्वाङ्गको जंगलबाट सल्कीएको आगो मालिका गाउँमा फैलिएको स्थानियवासी अर्यालले बताए ।
यो समाचार लेख्ने वेला दिनको दिनको पौने चार वजेको छ । हिजो राती हिडेको नेपाली सेनाले अहिले सम्म खाना खाएको छैन् । दुविचौरको उर्लेनीबाट हिडेको सशस्त्र प्रहरी पनि अहिले सम्म भोकै छ ।
विरभद्रजंग गुल्मका गुल्मपति सेनानी गोकर्ण देवकोटाले भने–गाउँ जल्नबाट बचाएर त्यहाँ खटिएको टोली फर्किन लागेको छ र यति वेला सम्म भोकै छ ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend