logo
  • आइतबार, असोज ११ २०८३

मानव नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा क्यान्सर पिडितलाई सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, माघ २५ ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको मानव नेपाल संस्थाले प्रथम वार्षिक उत्सव मनाएको छ । रेसुङ्गा नगर पालिकाबाट नेपालका बिभिन्न स्थान र नेपाल बाहिर रहेका प्रवासी नेपालीहरु रहेको संस्थाले बिहिवार सदरमुकाम तम्घासमा प्रथम वर्षिक उत्सव एक कार्यक्रमको आयोजना गरेको हो । वार्षिक उत्सवको अबसर पारेर संस्थाले गुल्मीमा रहेर लामो समय सम्म क्रियाशिल पत्रकार जनार्दन घिमिरेको पत्नीको स्तन क्यान्सरको उपचारमा सहयोग गर्न भन्दै आर्थिक सहयोग गरेको थियो । रकम हस्तातरण कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण पन्थीले पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री मार्फत हस्तातरण गरेका थिए ।गुल्मी जिल्लामा रहेका जुनसुकै व्याक्तिहरुको दैबिक प्रपोक र ठुला ठुला रोगबाट ग्रसित व्यक्तिहरुको सहयोग गर्ने उदेश्यले गत वर्ष मानव नेपाल भन्ने संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष कृष्ण पन्थीले बताए । उनले संस्थासँग कुनै आर्थिक रकम नभएपनि प्रवासमा रहेका नेपालीहरुको सहयोगबाट बिभिन्न पिडामा रहेका नेपालीहरुको सहयोग गर्ने मुख्य उदेश्य रहेको बताए ।

संस्था स्थापनाको छोटो अबथीमा खासै ठुला उल्लेख्या कामहरु नभएपनि आगामी दिनहरुमा विशेष खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्ने सोच रहेको अध्यक्ष्य पन्थीले बताए । मानव नेपालका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष खत्रीले पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेको पत्नीको उपचारार्थ गरेको सहयोग प्रति धन्यवाद दिए । उपाध्यक्ष खत्रीले संस्थाको वर्षिक उत्सवको अबसरमा उत्तरउत्तर प्रगतीको कामना सहित शुभकामना समेत दिएका थिए ।

सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा संस्थाका बिभिन्न पदाधिकारी, सल्लाहाकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बल बहादुर कुवँरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend