logo
  • आइतबार, असोज ११ २०८३

नियतिको चोटले थला परेका वसन्त कुँवरको जिवन रक्षा गरौं


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार, गुल्मी माघ २४ ।
नियति पनि कति निर्दयी ? एउटै व्यक्तिलाई पटक पटक चोटपर चोट दिई रहने । कतिपयको जिन्दगीमाा नियतिले चोटपर चोट दिएर कहिल्लै सुखको सास फेर्न नदिने पात्र मध्येका एक हुन् गुल्मी म्यालपोखरीका वसन्त कुँवर ।

मदाने गाउँपालिका वडा नम्वर ५ म्यालपोखरी काभ्रेखोलातिरका ३४ वर्षिय वसन्तको जिन्दगी निकै कहाली लाग्दो छ । उनि दुई वर्षको दुधे वालक छँदा उनकी आमाको मृत्यु भयो । वावु निमेक मजदुरीमा हिड्ने उनिको वात्सल्य किनै कारुणीक अवस्थामा गुज्रियो ।

जेहोस् जनतन हुर्किए । गाडी लाईनमा लागे विस्तारै गाडी चलाउन सिके । कसै संग नमिठो वोल्न नजान्ने अत्यन्तै मिलनसार , ईमान्दार भएकोले पनि उनलाई गाडी मालिकहरुले विश्वास गरेर गाडी चलाउने काम दिएका थिए । अव त केहि गर्छुकी भन्ने वेलामा सात वर्ष अघि उनका वावुलाई अल्सर सम्वन्धि रोग लाग्यो । करिव ३ लाख खर्च जुटाउनु उनका लागि हात्तिलाई वोकाको भारी तुल्य थियो ।

तै पनि घर खेतकै चुनौती मोलेर उक्त रकम जुटाए वसन्तले । तर वावुलाई बचाउन भने सकेनन् । त्यही ऋणको भारीले थिचिएका वसन्तले सिमिचौरमा लोकल वस चलाउँदै ऋण निखार्ने प्रयत्नमा थिए ।

तर फेरी नियतिले उनि आफ्नै शरिरमा ठुलो वज्रपात ग¥यो । स्वाथ्य परिक्षण गराउँदा उनको दुवै मृगौला फेल भएको पत्तो लाग्यो । पुरानै डेढ दुई लाख ऋण तिर्न बाँकी रहेका वसन्तलाई २० देखि २५ लाख रकम नभए जिवन नै जाने भए पछि छाँगाबाट खसे जस्ता भए ।

हामी संगको भेटमा उनले गहभरी आँशु पार्दै भने–‘ मेरो चिन्ता थिएन तर छोरा छोरी श्रीमतिले दुख पाउने भए, सवैले सहयोग गरे मेरा वालवच्चा विचल्ली हुनबाट वच्ने थिए । ’ उता श्रीमति तारा कुँवर दुई सन्तान काँखमा लिएर रोएको रोवै गर्छिन ।

लौन मेरो श्रीमानलाई बचाई दिनुस भन्दै हात जोड्छिन् । उनका काका कमल कुँवर भन्छन हामी संघ–संस्था , सरकारी कार्यालय, घर–घर, व्यक्ति–व्यक्ति संग पुगेर सहयोग अभियान चलाएका छौं , हाल सम्म १ लाख ८० हजार जति रकम उठेको छ , त्यसले त छेवै लाग्दैन, यसर्थ सञ्चार माध्यम मार्फत देश विदेशमा रहने नेपालीहरु संग सहयोगको हात फैलाउन आएका हौं ।

उनको मिलानसार व्यक्तित्व र सहयोगी भावना भएकोले आफुले वस चलाउने गाउँ अर्थात सिमिचौरका वासीन्दा समेत उनलाई वचाउ अभियानमा जुटेका छन् । सिमिचौर स्थित जनचेतना आमा समुह आफैले १० हजार दिए भने अरु संग सहयोग संकलन गरेर करिव ३० हजार भन्दा बढि संकलन गरेर उनको खातामा हिजो मात्र समुहकी अध्यक्ष मोहनकुुमारी थापा र सचिव सरस्वती ज्ञवालीले सो रकम राखी दिएका छन् ।

सचिव ज्ञवाली भन्छिन् त्यतिको सोझो र सहयोगी मान्छे विरलै हुने भएकोले गाउँवासीहरु थैया.. भन्दै सहयोग संकलनमा जुटेका हुन् । उनले थपिन–‘ हामी सवैले एकएक छाक नखाएर पनि उसलाई वचाउन म अनुरोध गर्दछु ।

त्यसो त उनलाई नजिकबाट चिन्ने जो कोहीले उनलाई सहयोग नजुटाउ भन्ने कोही छैनन् , सवैले उनको जिवन रक्षाको दुहाई मागेका छन् । उनि अहिले काठमाण्डौ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा डाईनसिस गराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend