logo
  • शनिबार, असोज १० २०८३

आज विश्वभर भ्यालेन्टाइन डे मनाइदै

नेपालमा पनि पछिल्ला दिनमा प्रेम दिवसको महत्व बढ्दो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, काठमाडौं  फागुन २ ।
आज प्रणय दिवश विश्वभर विभिन्न तरिकाले मनाइदैछ । आफूलाई माया गर्ने मायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवश मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो । आजका दिनमा प्रेमी, प्रेमीकाले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । पश्चिमा संस्कृति भएपनि यस दिवशले नेपालमा आजभोलि निकै स्थान पाइरहेको छ । आजको दिनमा विशेषगरी विभिन्न पार्क, सिनेमा हल, रेष्टुराँ तथा मन्दिरहरुमा युवा युवतीको भीड लाग्ने गर्छ ।

इशापूर्व २७० मा रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए । तर उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा युवतीलाई भटाभट विहे गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेब्रुअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend