साझा नेटवर्क
सुर्य चन्द, काठमाडौं ।
नेपाली आधुनिक गीत “के हो तिम्रो नाँउ”को भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजका धनी प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’मा शब्द तथा संगीत उनै गायक प्रमोद कोइरालाको रहेको छ ।
त्यस्तै शैलेन्द्र प्रधान ‘बाबु’ को उक्त गीतमा एरेन्ज रहेको छ । यो गीतमा मोडल नयन र पुनमको फिचरिङ रहेको छ । केदार धितालको निर्देशन रहेको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।
निशान घिमिरेको सम्पादन रहेको यो म्युजीक भिडियोमा मेकअप आर्टिष्टको भूमिका शोभा श्रेष्ठले निभाएकी छिन् । गीतको म्युजीक भिडियो छायांकनको लोकेसन निकै लोभलाग्दो चयन गरिएको छ ।
छायाँकार दाहाल र निर्देशक धितालले लोकेसन तथा फ्रेमिङमा निकै मिहिनेत गरेका छन् । त्यस्तै मोडलहरुको भेषभुषमा समेत निकै ध्यान दिएको देखिन्छ । मनमोहक दृश्यमा कलाकारहरुको अभिनय पनि अब्बल रहेको देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend