logo
  • आइतबार, असोज ११ २०८३

बडिगाड मै पहिलो पटक कृषि पकेटक्षेत्र कार्यक्रमको सुभारम्भ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ माघ २१ ।
बडिगाड गाउँपालिका मै पहिलो पटक व्यावसायीक अलैंची खेती र कृषि प्रवद्र्धन तथा पकेट क्षेत्र कार्यक्रम सुभारम्भ भएको छ। वडिगाड गाउँपालिकाको सहयोग तथा वडा नं. १ को दगातुन्डाडा कृषक समुहको आयोजनामा सो कार्यक्रमको सुरुवात गरिएको हो।कार्यक्रमको उद्घाटन गर्दै वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाईजाले आगामी आर्थिक वर्षमा कृषिको वजेट दोब्बर गराउने घोषणा गर्नुभएको छ। कृषकको जिवन स्तर नउठेसम्म देश सम्वृद्ध नहुने भन्दै पाइजाले कृषि कार्यक्रम संग सम्वन्धित सवै योजनालाई वजेट छुट्याउने वताउनु भएको हो।नेपालको अलैंची कालो सुन भएको भन्दै पाइजाले दगातुन्डाडालाई पकेट क्षेत्र घोषणा गरिएको वताउनु भएको छ। पाइजाले ३ वर्ष भित्रमा वडिगाड गाउँपालिकावाट केहि उत्पादन लाई निर्यात गर्न सक्ने गरि कार्यक्रम सुरु गर्ने वताउनु भएको छ।कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास समितिका प्रमुख खड्क पुन, वडा नं. १ का अध्यक्ष तथा आर्थिक विकास समिति प्रमुख वोम वहादुर थापा, वडा नं. ६ का अध्यक्ष मौसम खत्रि, कार्यकारी अधिकृत अर्जुन शर्मा, कार्यपालिका सदस्य केदार नेपाली, सोमन्ता सलामी, नेकपा एमालेका रेम वहादुर भुजेल, नेपाली काग्रेसका प्रेमलाल पोखरेल, नेकपा माओवादी केन्द्रका ढाल वहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका प्रेमलाल गिरि, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा दगातुन्डाडा कृषक समुहका अध्यक्ष भिमसेन वनले कार्यक्रम प्रस्तुत गर्दै आइतवार देखि अलैंची तालिम सुरु गर्ने, अलैंची खेति प्रवद्र्धन गर्ने प्रत्येक किसानले कम्तिमा १ रोपनी क्षेत्रफलमा अलैंची विरुवा रोप्ने, जसका लागी प्रति किसानलाई ४ सय विरुवा तथा औजार तर्फ छिनो र हसिया उपलब्ध गराउने जानकारी दिनुभएको थियो।

त्यस्तै कृषि प्रवद्र्धन कार्यक्रम तर्फ वडा नं. १ का सय रोपनी क्षेत्रफलमा मकै खेती पकेट क्षेत्र बनाउने, वाख्रापालन तर्फ १५ जनाको समुहमा एक एक उन्नत वोका वितरण गर्ने, फलफूल खेती तर्फ भुँइकटर, कागती र सुन्तलाका विरुवा वितरण गर्ने तथा प्रत्येक कार्यक्रमको लागि तालिम संचालन गर्ने र सवै कार्यक्रम असार ५ गते भित्र सम्पन्न गर्ने कार्यक्रम रहेको वनले जानकारी दिनुभएको छ।

अलैंची खेतीको लागि आइतवार देखि एक सय जना कृषकलाई तालिम सुरु गरिएको छ। तालिमका लागि जिल्ला कृषि विकास कार्यालयका वालि संरक्षण अधिकृत सुजित पौडेल सहितको टोलीले सहजिकरण गर्ने छ। त्यस्तै मकै को लागि २५ गते देखि हुने तालिममा मकै विउ विज्ञ विहानी थापा र सुदिप सुवेदी सहितको टोलीले सहजीकरण गर्ने र १ सय जना कृषक सहभागि हुने समुहका अध्यक्ष वनले जानकारी दिनुभएको छ।

वडा नं. १ मा ३६ वटा कृषक उपसमुह गठन गरि कार्यक्रमको सुरु गरिएको हो। समुहले आगामी आर्थिक वर्ष व्यावसायीक किसानको लागि आधुनिक प्रविधि, भण्डारको लागि कार्यक्रम संचालन गर्ने र खाद्य सुरक्षा कायम गर्ने तथा मासुमा आत्म निर्भर गराउने वताएको छ।

कार्यक्रममा स्थानिय शिक्षक ध्रुव आचार्यले कृषि गित प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम दगातुन्डाडा कृषक समुहका उपाध्यक्ष पूर्ण वहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष सनु सुनार वरालीको स्वागत मन्तव्य तथा सचिव सुर्य वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा मकै वाली तर्फ संयोजक धर्मराज वन, अलैंची खेती तर्फ संयोजक माया वुढाथोकी, वाख्रापालन तर्फ संयोजक भक्त वहादुर नेपाली, फलफुल तर्फ संयोजक चिन्ता भुजेललाई कृषि सामाग्रि वितरण गरिएको छ।

कार्यक्रमका लागि वडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नं. १ को लागि अलैंची खेती पकेट क्षेत्रका लागि १० लाख तथा कृषि प्रवद्र्धनका लागि १० लाख गरि कुल २० लाख वजेट विनियोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend