साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ २१।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल वडिगाड १ दगातुन्डाडाको आयोजनामा सनिवार वनभोज कार्यक्रम देउराली डाँडामा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले कार्यकर्ताहरुलाई इमान्दारीता पुर्वक काम गर्न निर्देशन दिनुभएको छ ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका पाइजाले प्राविधिक कारण निर्वाचनमा वडा नं. १ मा पराजय वेहोर्नु परेको भन्दै कार्यकर्ता उत्साहपूर्वक लाग्न आग्रह गर्नुभएको छ। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदइ तथा वडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन वडिगाड गाउँपालिकाका अध्यक्ष वेद प्रसाद पोखरेल लगाएतले वोल्नुभएको थियो।
कार्यक्रम अध्यक्ष रमेश वुढाथोकीको अध्यक्षता तथा अनेरास्ववियू जिल्ला कमिटि उपाध्यक्ष दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend