साझा नेटवर्क
बिमल खड्का, बागलुङ माघ २० ।
बागलुङको बडीगाड गाउँपालिका वडा न २ न्वारामा जिप दुर्घटना भएकाे छ । बडीगाड गाउपालिका खर्वाङ देखी बुर्तिबाङ तिर अाउदै गरेकाे ना १ ज १३०९ नम्बरकाे जिप न्वारा नजिकै दुर्घटनामा भएको हो ।
दुर्घटनामा चालक बडिगाड गाउँपालिका वडा न ७ का बर्ष ३४ का कपिल केसी घाइते भएकाे ईलाका प्रहरी कार्यालय खारले जनाएको छ ।
घाइतेलाई थप उपचारका लागि बागलुङ रिफर गरिएकाे प्रहरीले जनाएको छ । जिपमा अन्य यात्रु नभई चालक मात्र रहेकाे; बताईएकाे छ । दुर्घटना के कारण भयाे भन्ने प्रहरीको अनुसन्धानपछि खुल्ने बताएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend