logo
  • शनिबार, असोज १० २०८३

सपनाले पहिरिन “सुपर प्लस साइज मोडल”को ताज


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुर्य चन्द, काठमाडौँ माघ २० ।
राजधानीको नाचघरमा सुपर प्लस साइज मोडल सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट ब्यबस्थापनमा “सुपर प्लस साईज मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिता सम्पन्न भएको हो । सुपर प्लस साईज मोडल नेपाल–२०१८” को उपाधि सपना राइले चुमेकी छन भने प्रतियोगीतामा बिना लामिछाने फष्र्ट रनरअफ तथा सिर्जना महतले सेकेन्ड रनरअफको अवार्ड जित्न सफल भएका छन। त्यसै गरि मस्ट पपुलरमा रुबी महत्तो र मल्टि मिडिया च्वाईसमा सुजाता शाह काफ्लेले सब टाइटल जित्न सफल भएका थिए।यस सौन्दर्य प्रतियोगितामा बिजेता सपना राइले नगद रु ५०,००० सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन भने अन्य बिजेताहरुले पनि ओमनिया द हिडन बिउटिको तर्फ बाट गिफ्ट ह्याम्पर प्राप्त गरेको ओमनिया द हिडन बिउटिकि संचालिका प्रियंका बोथ्राले जानकारी गराएकि छिन ।

अरबिन्द हमालको कोरियोग्राफी रहेको प्रतियोगीताको इभेन्ट निर्देशक डेभिल सिंह राजपुत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend