साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी माघ १७।
गुल्मीमा सडक दुर्घटनामा परि १८ जनाको मृत्यु भएको भने ४२ जना घाइते भएका छन् । घाइते मध्ये २२ जनाको अवस्था गम्भिर र २० जनाको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । आर्थिक बर्ष २०७४÷७५ को श्रावणयता सो दुर्घटना भएका हुन् ।
साउनदेखि पुससम्म छ महिनाको अवधिमा सबैभन्दा बढी कार्तिकमा १४ जनाको ज्यान गएको छ । त्यस्तै असौजमा दुई, भदौमा एक र माघ महिनामा पनि एक जनाको सडक दुर्घटनामै परि ज्यान गएको जिल्ल ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायब निरिक्षक डोर बहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा १३ पुरुष र पाचँजना महिला रहेका छन् ।
घाइते पनि सबैभन्दा धेरै कार्तिकमा २४ जना भएका छन् । जसमध्ये १६ जना गम्भिर र आठजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । असौजमा गम्भिर छ र सामान्य ११ गरी १७ जना र भदौमा एकजना सामान्य घाइते भएका छन् । गम्भिर घाइतेमध्ये १३ जना पुरुष, पाचँजना बालबालिका र ४ जना महिला तथा सामान्य घाइतेमध्ये १६ पुरुष र चार बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पछिल्लो सात महिनामा जिल्लामा कुल ११ सवारी दुर्घटनामा परेका छन् भने १० ओटा क्षति भएका छन् । जसमध्ये जिप/कार, ट्याक्टर र मोटरसाइकल ३÷३ तथा बस एउटा रहेको छ । गुल्मीमा सबैभन्दा धेरै असौजमा पाचँवटा सवारी दुर्घटनामा परेका छन् । त्यस्तै कार्तिकमा चार, भदौमा एक तथा माघमा पनि एउटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । आर्थिक बर्ष २०७४/०७५ को साउन, पुस र माघ महिनामा एउटा पनि सवारी साधन दुर्घटनामा परेको छैन ।
जिल्लमा गरिने सवारी कारवाहिबाट कुल १६ लाख ८० हजार राजस्व प्राप्त भएको छ । साउनदेखि माघ महिनासम्म कारवाहिमा परेका कुल दुई हजार सात सय ७७ सवारी साधन कारवाहीबाट सो राजस्व संकलन भएको हो । पछिल्लो सात महिनामा सबैभन्दा धेरै सवारी कारवाहि र राजस्व संकलन असौजमा भएको छ ।
असौजमा कुल छ सय ४८ सवारी कारवाहिबाट चार लाख तिन हजार पाचँ सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहिमा पर्ने सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एक हजार चार सय २० ओटा मोटरसाइकल कारवाहिबाट सबैभन्दा धेरै राजस्व आठ लाख ७७ हजार संकलन भएको प्रहरी नायब निरिक्षक थापाले बताए ।
त्यस्तै कारवाहिमा परेका एक सय ३१ ट्रकबाट ९४ हजार पाचँसय, तिन सय ३८ बसबाट एक लाख ९० हजार पाचँसय, सात सय १४ बसबाट चार लाख २१ हजार र एक सय ७४ ट्याक्टरबाट १७ हजार राजस्व प्राप्त भएको छ । असौजपछि सबैभन्दा बढी भदौमा सवारीहरु कारवाहीमा परेका छन् ।
कारवाहिमा परेका कुल चार सय ६९ सवारी साधनबाट दुई लाख ९४ हजार राजस्व प्राप्त भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरएको छ । त्यस्तै साउनमा चार सय सवारीबाट दुई लाख ४५ हजार तथा कार्तिकमा चार सय २१ सवारी कारवाहीबाट दुई लाख ४१ हजार राजस्व प्राप्त भएको छ ।
मंसिरमा तिन सय ७१ सवारी साधनबाट दुई लाख ६ हजार, पुसमा दुई सय ६९ सवारीबाट एक लाख ६९ हजार र माघमा दुई सय तिन सवारी कारवाहीबाट एक लाख २१ हजार पाचँ सय राजस्व संकलन गरएको प्रहरी नायब निरिक्षक थापाले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend