logo
  • आइतबार, असोज ११ २०८३

शिक्षक संगठनको सम्मेलनको तयारी पुरा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ १५ ।
माघ १६ गते मंगलबार हुन लागेको एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कमिटी गुल्मीको सातौँ जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । नेकपा माओवादी केन्द्रनिकट शिक्षकहरुको उक्त संगठनको सम्मेलन प्रत्येक ३/३ बर्षमा हुने गर्दछ ।

तम्घासको बाल-मन्दिरमा हुन लागेको सम्मेलमा प्रमुख अतिथिको रुपमा संगनठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डे आउनुहुने भएको छ । संगठनमा आस्था राख्ने गाउँगाउँका अधिकाशं शिक्षकहरु सदरमुकाम तम्घास आइसकेको र कतिपय आउने क्रममा रहेको संगठनका जिल्ला अध्यक्ष डेल राज खनालले जानकारी दिए ।

अहिलेकोे जिल्ला कमिटी ५५ सदस्यिय रहेको र भोलिको सम्मेलनबाट २५ सदस्यिय मात्र जिल्ला कमिटीको गठन हुने संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend