साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ १४ ।
गुल्मीको इस्मा गाउँपालिका ५ दोवाटमा एक दिने निशुल्क पाठेघर सम्बन्धि शिविर सम्पन्न भएको छ । (अब्स्ट्रेटिक फिस्टुला) अर्थात पाठेघर खसेका महिलाहरुलाइ रिङ्ग प्रेसरी लगाउने तथा पाठेघरको मुखको क्यान्सरको जाँच सम्बन्धि शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ८६ जना महिलाहरुले सेवा लिएको गाउँपालिकाका स्वास्थ संयोजक चन्द्र प्रसाद भुसालले जानकारी दिनुभयो । ३ सय ८४ जनामा २९ जना महिलाले रिङ्ग प्रेसरी लगाएका छन । डाक्टर दिवस सापकोटाको नेतृत्वमा आएको ७ सदस्यीय चिकित्सकको टोलिले सेवा प्रदान गरेका थिए ।
इस्मा स्वास्थ चौकी ब्याबस्थापन समितिका अध्यक्ष कलानिधी भण्डारीको अध्यक्षता रहेको शिविरमा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । साथै गाउपालिका उपप्रमुख बिमला खत्री, प्रमुख प्रसासकिय अधिकृत सरोज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा गाउपालिकाक ब्याबस्थापनमा सम्पन्न भएको हो । इस्मा गाउपालिकाले पनि फागुनमा बृहत स्वास्थ शिविर संचालन गर्दैछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend