logo
  • आइतबार, असोज ११ २०८३

विद्युत विकासमा वडिगाड गाउँपालिकाले ठोस योजना अगाडि सार्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ माघ १३ ।
गिरौंदी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै बडिगाड गाउँपालिका का अध्यक्ष मेयरसिंह पाइजाले नागरिकको सहकार्य वाट मात्रै राज्यको योजना सफल वन्न सक्ने वताउनु भएको छ। विद्युत विकासमा सन्दर्भमा गिरौंदि खोलाको महत्वपूर्ण योगदान रहेको भन्दै पाइजाले वडिगाड भित्रै तत्कालै केहि ठूला योजना संचालन गर्ने योजना वनाएको समेत खुलासा गर्नुभएको छ। पाइजाले रणसिंहको खानी व्यावस्थापनको लागी योजना वनाईरहेको समेत वताउनु भएको छ।

सभामा वडिगाड गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, परियोजनाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक मित्र वहादुर पुन, नेकपा एमालेका कृष्ण प्रसाद खरेल, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल, पशुसेवा केन्द्रका प्रमुख महेन्द्र राज पन्थी, लेखा समिति संयोजक वेद प्रसाद पोखरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभामा अध्यक्ष वेल वहादुर थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुर्य वहादुर अधिकारीले आर्थिक प्रतिवेदन तथा सचिव दुर्गा अर्यालले प्रस्तावित वजेट प्रस्तुत गर्नुभएको थियो।कार्यक्रम विद्युत सहकारीका अध्यक्ष वेल वहादुर थापाको अध्यक्षता, उपाध्यक्ष विष्णु माया अर्यालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो।

साधारण सभाको अवसरमा वडिगाड गाउँपालिका वडा नं. १ र २ का स्थानिय जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो। ८५ किलोवाट क्षमता रहेको परियोजनाले २०६४ साल देखि विद्युत उत्पादन गर्दै आएको छ। विद्युतको विकास भए संग यस क्षेत्रमा सामाजिक सांस्कृतिक परिवर्तन समेत देखिएको छ।

८ सय ७१ जना शेयर सदस्य रहेको सहकारीको ५५ लाख वढि लगानी मौज्जाद रहेको छ भने कुल पुँजी २ करोड ८४ लाख ५७ हजार ४ सय ५७ रहेको छ। हाल विद्युत उपयोगमा वृद्धि भएको र परियोजना वाट उत्पादित विद्युतले अपुग हुन थालेको भन्दै ३० किलोवाटको दोश्रो परियोजना समेत सहकारीले सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend