साझा नेटवर्क
????????????????????????????????????
टोपलाल अर्याल, गुल्मी माघ १३ ।
इस्माली समाज काठमाडौले सहिद सप्ताहको अवसरमा इस्मा गाउँपालिकामा माध्यमिक बिद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाका हिमालय मावि, पालुखा मावि, देविस्थान मावि, ठाढुङ्गा मावि, रामराज्य मावि, अम्मरपुर ओम प्रसाद मावि र आनन्दपुर मावि गरि सात वटा माविका बिच निकै प्रतिस्प्रर्धा भएको थियो ।
जसमा प्रथम आनन्दपुर मावि प्रथम, ठाढुङ्गा मावि द्धतिय र अम्मरपुर ओम प्रसाद मावि तृतिय भएको छ । प्रथम हुने आनन्दपुर माविले नगद पाँच हजा, प्रमाणपत्र र रनिङ सिल प्राप्त गरेको छ । द्वितीय ठाढुङ्गा माविले नगद तीन हजार र प्रमाणपत्र साथै तृतिय हुने अम्मरपुर ओम प्रसाद माविले नगद दुई हजार र प्रमाणपत्र प्राप्त गरेको समाजका कोषाध्यक्ष शिवलाल खड्काले बताए ।
सहभागी बिद्यालयहरुलाई सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियो । बिजयी बिद्यालयका बिद्यार्थीहरुलाई प्रमुख अतिथी लक्ष्मण बिष्ट र समाजका अध्यक्ष दामोदर भण्डारीले सम्मान तथा पुरस्कार प्रसाद गरेका थिए ।
इस्मा गाउँपालिका ३ दर्लामचौर घर भई रोजगारीको शिलसिलामा अमेरिका भएका सागर अर्यालले भाइको विकासको सम्झनामा ४५ वटा भित्ते घडि वितरण गरेको छन् । गाउँपालिकाको कार्यालय, इस्मा स्वास्थ्यचौकी र गाउँपालिकाका सवै ४३ वटा बिद्यालयका लाई घडि वितरण गरेका छन् ।
केहि समय अघि सडक दुर्घटनामा मृत्यु भएका भाई विकाश अर्यालको सम्झनामा बिद्यालयहरुलाई सानो चिनो स्वरुप घडि प्रदान गरेको दाई सागर अर्यालले बताए । उनले इस्माका विविध बिषयमा काम गर्ने इच्छा भएकाले बिस्तारै सहयोग गर्दै जाने बताए । परदेमा भएर पनि गाउँका लागि सागरले देखाएको सद्भाव प्रति सवै बिद्यालयका शिक्षकहरुले धन्यबाद व्यक्त गरेका थिए ।
उनले इस्माली समाज काठमाण्डौ मार्फत बिद्यालय र अन्य संस्थाहरुलाई घडि बिवरण गरेका थिए । सवै घडि गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट र इस्माली समाज काठमाण्डौका अध्यक्ष दामोदर भण्डारीले बिद्यालय र सम्बन्धित कार्यालयलाई वितरण गर्नु भएको थियो ।
हाजिर जवाफ प्रतियोगीतामा उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मान गर्दे इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले समाजले इस्माको शैक्षिक विकासमा देखाएको सक्रियताको प्रसंसा गर्नुभयो ।
एउटा प्रतियोगीताले पनि बिद्यालय र बिद्यार्थीको जीवनमा ठुलो परिवर्तन ल्याृउने भएकाले काठमाण्डौबाट आएर प्रतियोगीता संचालन गर्ने सवैलाई धन्यबाद दिनुभयो । समाजले संचालन गरेको प्रतियोगीता नौलो र पृथक भएकाले अव गाउँपालिकाका सवै बिद्यायलमा अनुसरण र निरन्तरता दिनुपर्नेमा जोड दिए ।
साथै उनले परदेशमा रहेर घडि प्रदान गर्ने सागर अर्यालप्रति आभार प्रकट गर्नुभयो । साथै दिवंगत बिकाश अर्यालको सम्झना गर्नुभयो । कार्यक्रममा समाजका अध्यक्ष दामोदर भण्डारीले साविकका ३ वडामा माविमा सिमित समाज बिस्तारै गाउँपालिकाका सवै बिद्यालयमा पुग्ने अभ्यास थालेको बताउनुभयो ।
इस्माली समाज गुल्मीको इस्मा घर भई विभिन्न शिलसिलामा काठमाण्डौ रहेकाहरुको संगठन हो । २०६४ सालमा स्थापना भएको समाजले गाउँको शिक्षाको क्षेत्रमा काम गर्दे आएको छ । इस्माली समाज काठमाण्डौले प्रेमनाथ अर्याल स्मृति छात्रवृति कोषबाट दोहली, दर्लामचौर र रजस्थलका माविबाट एसइइमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको छ ।
अहिले त्यसको दायरा बढाएर गाउँपालिकाका सवै बिद्यालयमा पु¥याउने योजना रहेको समाजका अध्यक्ष दामोदर भण्डारीले बताए । उनले आउँदा फागुन १२ गते समाजको साधरण सभाबाट निर्देशिका परिवर्तन गरिने बताए । साथै समाजले हरितालिका तीजमा इस्माली चेलीबेटीका लागि दरखाने कार्यक्रम, दशैमा शुभकामना आदान प्रदान, इस्माबाट विभिन्न समस्या परेर काठमाण्डौ पुग्नेहरुलाई सहयोग समेत पुराएको समाजले जनाएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपप्रमुख विमला केशी, गाउँपालिकाको शिक्षा विभाग प्रमुख लाल बहादुर कुवंर, आनन्दपुर माविको शिक्षक अभिभावक संघका अध्यक्ष खुम बहादुर थापा, सोहि बिद्यालयमा प्रध्यानाध्यापक शंकर प्रसाद गैरेले समाजले बौद्धिक कार्यक्रम संचालन गरेर बिद्यालय र बिद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गरेको भन्दै धन्यबाद दिए ।
इस्माली समाज काठमाण्डौले राखेको हाजिर जवाफ प्रतियोगिता सम्पन्न गर्न बिभिन्न संघसंस्थाले सहयोग गरेका थिए । प्रतियोगीतामा क्रियशन पब्लिकेशनका डिपुटी म्यानेजिनङ्ग डाइरेक्टर शिव गुरुङ्ग, नन स्टप कन्स्ट्रक्सन सेवा प्रालिका संचालक सुजन गौतम, मेटा आर्ट बागबजारका संचालक भोजेन्द्र केसी, इमेज प्लस पुतलीसडकका संचालक सुरेन्द्र श्रेष्ठले नगद, सिल र प्रमाणपत्रको सौजन्य गरेको इस्माली समाजका काठमाण्डौका सदस्य खिमराज अधिकारीले जानकारी दिए ।
कार्यक्रम समाजका अध्यक्ष भण्डारीको अध्यक्षता, गाउँपालिका प्रमुख बिष्टको प्रमुख आतिथ्यता तथा समाजको कोषाध्यक्ष शिवलाल खड्काको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगीताको सहजीकरण हिमालय माविका शिक्षक मन बहादुर खत्री र आनन्दपुर माविका शिक्षक हुम प्रसाद पैयानीले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सरोज पोख्रेल तथा वडा ५ का वडा अध्यक्ष कलानिधी भण्डारी, पब्लिकेशनका डिपुटी म्यानेजिनङ्ग डाइरेक्टर शिव गुरुङ्ग लगायत, बिषयगत कार्यालय प्रमुख प्रतिनिधी र विभिन्न बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend