logo
  • आइतबार, असोज ११ २०८३

स्थास्थ्य चौकिलाई जग्गा र चन्दा दिने व्यक्तित्व सम्मानित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ ८ ।
स्वास्थ्य चौकि सत्यवति गाउपालिका ४ लिम्घामा वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । वर्थिङ सेन्टर संचालनमा आएसँगै लिम्घाबासिलाई प्रसुति गराउनको लागि जुहाङ खैरेनी जानुपर्ने बाध्यताको अन्त्य भएको छ । सुरक्षित प्रसुतिकै अभावमा अकालमा महिलाहरूको ज्यान जाने प्रथाको अन्त्य गर्न गाउँमै बर्थिङ सेन्टरको स्थापना गरिएको लिम्घा स्वास्थ्य चौकिका इन्चार्ज नारायण खनालले बताए । कार्यक्रमकै अवसरमा लिम्घा स्वास्थ्य चौकि भवन निर्माणको लागि जग्गा तथा नगद प्रदान गर्ने ब्यक्ति तथा संघ सस्थाँलाई पनि सम्मान गरिएको छ । स्वास्थ्य चौकि निर्माणका लागि १ रोपनी जग्गा प्रदान गर्ने सत्यवति ४ का लिलादेवी पल्ली, स्वास्थ्यचौकि निर्माणका लागि नगद १ लाख २० हजार प्रदान गर्ने लिम्घाकै होम बहादुर पल्लीलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको छ ।

त्यस्तै १५ हजार प्रदान गर्ने नर बहादुर थापा, कृष्ण शाही, १४ हजार प्रदान गर्ने मन बहादुर पल्ली, ओम बहादुर पल्ली, ३५ हजार बराबरको फर्निचर उपलब्ध गराउने लिम्घेली युवा क्लव र १० हजार ५ सय बराबरको फर्निचर का सामाग्री उपलब्ध गराउने प्रगतिशिल युवा क्लवलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रमकै अवसरमा होम पल्लीले स्वास्थ सस्थाँमा नयाँ प्रयोशाला स्थापनाको लागि चाहिने औजारहरूको ब्यवस्थापन गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे । गाउँमै भरपर्दो सेवा दिने कार्यमा केहि मात्रामा भएपनि इट्टा थप्ने उदेश्यले आफूहरुले जग्गा तथा नगद प्रदान गरेको दाताहरुले बताएका छन् ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका सुमन शर्मा, जनस्वास्थ्य कार्यलयकै तथ्याङ्क सहायक अस्मिता दुर्गाम, जुहाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा सुदर्शन गौतम, सत्यति गाँउपालिका स्वास्थ्य प्रमुख सूर्य बहादुर थापा, पत्रकार हुमाकान्त पोखरेल, प्राथमिक स्वास्थ केन्द्र सत्यवतिका प्रमुख खिमलाल पाण्डे, लिम्घास्थित विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, वडा सदस्यहरू, जग्गादाता लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम सत्यवती ४ लिम्घाका वडाध्यक्ष दान बहादुर रानाको अध्यक्षता, गाउप्रमुख पारिश्वर ढकालको प्रमुख आतिथ्यता, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुखको विशेष आतिथ्यता तथा सरस्वती मावि लिम्घाका शिक्षक बल बहादुर खप्तडीको संचालनमा सम्पन्न भएको थियो ।

 


प्रकाशित मिति : ०८ माघ २०७४ । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend