logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका कल्पना कुसुमको “सास विनाको धड्कन” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी माघ ८ ।
लोकप्रिय गायिका कल्पना कुसुमको ‘सास विनाको धड्कन’नयाँ गीत सार्बजनिक भएको छ । गायक कमल खत्री र कल्पनाको सुमधुर स्वरमा रहेको उक्त गीत र म्युजिक भिडीयो सार्बजनिक भएको छ ।

उक्त गीतको भिडीयोको सम्पुर्ण दृश्य अष्ट्रेलियामा छायाँकन गरिएको हो । नेपाल बाहिर बिभिन्न देसहरुमा रहेका मनमोहक दृश्य सहित गीतहरुको म्युजिक भिडियो तयार भएको गायिका कल्पनाले बताइन् ।

माया प्रेममा आधारित उक्त गीत दुई प्रेमीका बिचको कथा बस्तु उल्लेख रहेको छ । निकै मर्म स्पर्शी शब्द संगीतले तयार भएको गीतले धेरै दर्शक श्रोतामो मन जित्नेमा आफु आसावादी रहेको कल्पनाको भनाई छ ।

नेपालमा रेकर्ड भएका गीतहरु पछिल्लो समय यता नेपाल बाहिर बिभिन्न देसहरुमा भिडियो छायाँङकन हुनेक्रम वढन थालेको छ । दर्शकश्रोतालाई गीत सहित केहि फरक अनुभुती सहितको म्युजिक भिडियो देखाउने उदेश्यले नेपाल बाहिर छायाँङकन गरिएको उक्त गीतकी गायिक कल्पनाले बताइन् ।

सुगम संगतीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिक कल्पनाले यसगीतबाट पनि धेरै माया पाउने बताइन् । गोल्डेन टाईम्सको प्रस्तुतिमा गीतमा मिलन मीश्र र सिता भण्डारीको मुख्य अभिनय रहेको छ ।

सिताले यसै गीत मार्फत पहिलो पटक मोडलिङ्ग क्षेत्रमा प्रबेश गरेकी छन् ।गीतमा नेत्रजंग पाण्डेयको निर्देशन र बिनोद केसीको छायाँङकन रहेको छ भने कमल खत्रीको लय शब्द रहेको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस ।


प्रकाशित मिति : ०८ माघ २०७४ । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend