logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको मरभुङ्गमा मोटरबाटो उद्घाटन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी माघ ६ ।
मालिका गाउँपालिका ८ मरभुङ्गको सापखोला–थानपति मोटरबाटोको उद्घाटन गरिएको छ । शनिबार मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले मोटरबाटोको उद्घाटन गरेका हुन् ।

दुई किलो मिटर मोटरबाटो ३ लाखको लागतमा नौ दिनमै सम्पन्न गरेको वडा अध्यक्ष टीका बहादुर जिसीले बताए । पहिलो पटक मोटरबाटो र जीप पुगेपछि स्थानीयले स्वागत समेत गरेका थिए । मोटरबाटो निर्माणले स्थानीय २५÷३० घर प्रत्यक्ष लाभाम्बित हुनुका साथै थानपति मन्दिरको थप विकासमा सहयोग पुगेको जिसीले बताए ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिका प्रमुख रित बहादुर थापाले बाटो निर्माणले स्थानीयसंगै ऐतिहासिक क्षेत्र थानपतिको मन्दिरको आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास गरे । थानपति मन्दिर गाउँपालिकाको बिशेष सुचीमा छ, क्रमश बिकास गर्ने हो,’थापाले भने,‘अहिले मन्दिरसम्म बाटो पुराएका छौ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष देवा अर्याल, वडा अध्यक्ष टीका बहादुर जिसी तथा कार्यपालिकाका अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend