logo
  • आइतबार, असोज ११ २०८३

भुकम्प प्रतिरोधी घर निर्माण गर्न २५ जनालाई डकर्मी तालिम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

????????????????????????????????????

टोपलाल अर्याल, गुल्मी माघ ६।
मालिका गाउँपालिका ३ ह्वाङ्गदीका राज कुमार घर्ति स्थानीय डकर्मी हुन् । उनीले गाउँका निर्माण गरेका धेरै घर छन् । अहिलेसम्म उनले अनुमानकै भर काम गरे । किनकी उनले घर बनाउकै लागि सैदान्तिक शिक्षा केहि पाएनन । र तालिम त उनले गर्दा गर्दै सिके, त्यो बाहेक अरु केहि भएन् । अहिले उनी भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि तालिम सिक्दै छन् ।

पहिले धेरै हचुवामै बनाइन्थ्यो, अहिले सैदान्तिक र व्यावहारिक दुवै ज्ञान लियौ,’उनले भने,‘ अब झन परिपक्क भैयो ।’ त्यस्तै अर्का प्रशिक्षार्थी मालिका गाउँपालिका ४ का गोकर्ण थापाले तालिमको समय छोटो भएपनि पनि भुकम्प प्रतिरोधी घर कसरी गराउने भन्ने बिषयमा अहिलेसम्म सिकेको कुरा महत्वपूर्ण रहेको बताए ।

मालिका गाउँपालिका ४ को ठुलीचौरमा भुकम्प रहित दुई कोठे भवन निर्माण गर्दै डकर्मीहरु ।

अहिले मामालिका गाउँपालिका ४ अर्खबाङ्गमा मालिका गाउँपालिका स्तरिय एक हप्ते डकर्मी तालिम संचालन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा संचालन तथा उद्योग विकास शाखा गुल्मीको आयोजनामा तालिम संचालन भएको हो ।

तालिममा गाउँपालिकाका ८ वडाका २५ जना पुरुषहरुको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक सुरेन्द्र कुमार शाहा र शंकर मण्डलले भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माण गर्दा आवश्यक सवै कामका बारेमा डकर्मीहरुलाई प्रशिक्षण दिएका छन् । जसका कारण भुकम्पबाट हुने क्षति कम गर्ने अपेक्षा आयोजकले लिएको छ ।

तालिमपछि डकर्मीहरुले परम्पराबादी शैलीलाई छोड्दै आधुनिक तथा भुकम्प प्रतिरोधात्मक घरहरु बनाउने छन्,’ प्रशिक्षक सुरेन्द्र कुमार शाहाले भने,‘यस गाउँपालिकामाअव बन्ने घरहरु भुकम्प प्रतिरोधी हुनेछन् ।’ तालिमलाई प्रभावकारी बनाउने १० प्रतिशत सैद्धान्तिक र ९० प्रतिशत व्यावहारिक ज्ञान प्रदान गरिएको उनले बताए ।

उद्यमशिलता तालिमले हिम्मत पलायो

मालिका गाउँपालिका ३ का नारायण थापालाई अहिले व्यावसाय गर्ने हिम्मत पलाएको छ । ‘मन पहिलेबाट थियो, के गर्ने कुनै योजना बनाउन सकिएको थिएन,’उनले भने,‘तालिमले एउटा बाटो देखायो ।

उनले अब छिट्टै व्यावसाय दर्ता गरेर काम गर्ने बताए । मालिका गाउँपालिका ८ की सिमा गिरीले पनि तालिमले आफुमा आत्मविश्वास प्रदान गरेकाले बताइन् । उनले तालिमले आगामी दिनमा व्यावसाय संचालनमा उत्प्रेरणा मिनेको प्रतिक्रिया दिइन् ।

मालिका गाउँपालिका स्तरिय उद्यमशिलता तालिम अर्खबाङ ठुलीचौरमा संचालन भएको छ । उद्योग विकास शाखा तम्घास गुल्मीको आयोजना र मालिका गाउँपालिकाको व्यावस्थापनमा तालिम संचालन गरिएको छ । तालिममा आठ वडा वडाका १० महिला र नौ जना पुरुष गरी १९ जनाको सहभागीता रहेको छ ।

तालिममा व्यावसायीक रुपमा व्यावसाय संचालन गर्न इच्छुक महिला तथा पुरुषहरुलाई उद्यमशिलता सृजना गर्न व्यावसायमा उत्प्रेरणा प्रदान गर्ने, स्थानीय स्रोत साधनको उपयोगबारे ज्ञान प्रदान गर्ने र व्यावसायको पहिचान गरि योजना बनाउने उदेश्य रहेको छ ।

तालिममा प्रशिक्षक त्रिबिक्रम ज्ञवालीले प्रशिक्षण दिइरहेका छन् । तालिमपछि व्यावसाय गर्न इच्छुक व्यक्तिले आफ्नो व्यावसाय दर्ता गरे ८० प्रतिशत अनुदान र २० प्रतिशत आफुनो लगानीमा व्यावसाय गर्न सकिने घरले उद्योग विकासका प्रशिक्षक त्रिबिक्रम ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend