logo
  • शुक्रबार, असोज ९ २०८३

शिरीष देवकोटाको “मालचरी” बजारमा (भिडियो हेर्नुहोस)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी माघ ५ ।
नेपाली लोक संगीत क्षेत्रका लोकप्रिय गीतकार एबं गायक शिरीष देवकोटाले नयाँ मौलिक झ्याउरे गीत ‘मालचरी’ बजारमा ल्याएका छन् । मायाँ प्रमेमा आधारित कथा बस्तुमा तयार भएको देवकाटो गीत माघे सक्रान्तीको अबसर पारेर बजारमा ल्याएका हुन् । रोइला गीतबाट साँगीतिक क्षेत्रमा लोकप्रिय बनेका देवकोटाले गाउँघरमा गाइने मौलिक खालको गीत ल्याएका हुन् । गायक देवकोटाले गुल्मी,पाल्पार बुटवल जिल्लालाई नाम लिदै पाल्पाका केहि ऐतिहासिक स्थलहरुलाई पनि आफनो गीतमा समाबेश गरेका छन् ।

मालचरी, दशैलाई बिदा र तिहारलाई स्वागत सङ्गै पहाडी भेगका बेसिखेतहरुमा धान काट्ने बेला सुरु हुन्छ । त्यही बेला सफा आकाशमा माला गासिए जस्तै ठुला ठुला चराहरुकाहुलहरु कराउदै हिमाल पहाडका डाँडा काटेर तराईतिर जाने गर्थे गायक देवकोटाले भने ‘साईबेरियाबाट जाडो छल्न नेपाल आउने तिनै मालबद्द रुपमा उड्ने चराहरुलाई मालचरी भनिन्थ्यो,आजकल मालचरी देखिन छोडेका छन् त्यसैको सम्झना पनि गीतमा गासिएको छ ।’

धेरै पहिले मेलास्थलमा साझपर्ने बेलाबाट गाउन सुरु गरिने रोधी भाका,झ्याउरे भाका र झाम्रेभाकाको मिश्रण रहेको गितका केही शब्दहरु रहेको गायक देवकोटाको भनाई छ । गीत पूर्णरुपमा रमाइलो र नाच्ने गित रहेको उनले बताए ।

गायक देवकोटाले गाउँमा गाइने पुराना मौलिक गीतहरुको संरक्षण गर्ने उदेश्यले मौलिक गीतहरु ल्याउने गरेको बताए । गायिका देवी घर्ती मगर र शिरिष देवकोटाको सुमधुर स्वर रहेको गीत लय तथा शब्द सृजना पनि शिरीष देवकोटाकै रहेको छ ।

गीतमा अभिनय चर्चित मोडल तथा गायिका साथमा निर्देशक स्मृति तिमिल्सिना गुरुआमा र सुमन थापा मगरको रहेको छ । सुरेश श्रेष्ठको छायांकन र स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको सम्पादन भने सुदन बस्नेतको रहेको छ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend