साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ ४ ।
दगातुन्डाडा सामुदायीक सिकाई केन्द्र बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ, बागलुङको पाचौं साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ। सभाले कृष्ण प्रसाद खरेलको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको छ ।
जसको निर्वाचित महिला सदस्यमा विना थापा र रेनुका घिमिरे तथा समाजसेवीको तर्फवाट गोकुल गिरि निर्वाचित हुनु भएको छ। त्यस्तै पदेन सदस्यहरुमा स्थानिय वडाको अध्यक्षको तर्फवाट हिमा खरेल, माध्यमिक विद्यालयको तर्फवाट त्रिभुवन माविका प्रअ ढालमणि भण्डारी, सदस्यसचिव सामाजिक परिचालक खिमा खरेल, लगाएत रहनुभएको छ।
त्यस्तै भेलाले सुवेदार रत्न वहादुर क्षेत्रिको संयोजकत्वमा ७ सदस्यिय सल्लाहकार समितिको गठन गरेको छ। जसको उपसंयोजकमा तेज वहादुर अर्याल, सदस्यहरुमा केशव खरेल, ज्ञान वहादुर श्रीस, वेद प्रसाद पोखरेल, होम वहादुर घर्ति, मेघनाथ खरेल रहनु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै वडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष तथा शिक्षा तथा सामाजिक विकास समितिका संयोजक खड्क पुनले औपचारीक रुपमा साक्षरता घोषणा गरिएका वडा हरुमा समेत साक्षत्तोर कक्षामा धेरै जोड दिनुपर्ने वताउनु भएको छ। पुनले वडिगाड गाउँपालिकाको शिक्षा निति वनाउन लागिरहेको वताउँदै कर्मचारी अभावमा काम गर्न कठिन भएको समेत गुनासो गर्नुभएको छ।
पुनले प्राविधिक शिक्षा विकासको लागी तथा गुणस्तरीय शिक्षाको लागि शिक्षा निति केन्द्रित गर्ने उद्घोष समेत गर्नुभएको छ। कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, त्रिभुवन मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र राज पन्थी, सल्लाहकार संयोजक रत्न वहादुर क्षेत्रि, महिला जागरण केन्द्र खर्वाङका अध्यक्ष विना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सभामा निवर्तमान अध्यक्ष तेज वहादुर अर्यालले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अर्यालले आर्थिक वर्ष २०७३÷७४ को ३ लाख १३ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। २०७० सालमा स्थापना भएको सिकाई केन्द्रले निरन्तर शिक्षा अन्तर्गत साक्षत्तोर कक्षा संचालन गर्दै आएको छ।
यसै विच नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद खरेलले सिकाई केन्द्रलाई निरन्त शिक्षा संगै आय आर्जन तथा सिकाईका अन्य कार्यक्रम संग पनि जोड्ने प्रतिवद्धता जनाउनुभएको छ। त्रिभुवन मावि खर्वाङका पूर्व प्रअ समेत रहनुभएका खरेल सहितको नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो।
कार्यक्रम निवर्तमान अध्यक्ष तेज वहादुर अर्यालको अध्यक्षता, उपाध्यक्ष रेनुका घिमिरेको स्वागत मन्तव्य तथा सदस्य इश्वर थापाको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend