साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ ४ ।
नेपाली काँग्रेस गुल्मीले सरकारले पाँच नम्बर प्रदेशको अस्थाई राजधानी रुपन्देहीको बुटवल तोकेकोमा त्यसकोे स्वागत गरेको छ । बिहिवार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन बुटवललाई पाँच नम्बर प्रदेशको अस्थाई राजधानी तोकिनु गुल्मेली जनताहरुका लागि खुसि र स्वागत योग्य रहेको नेपाली काँग्रेसका पार्टि सभापति भुवन प्रसाद श्रेष्ठले बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सभापति श्रेष्ठले संविधान वमोजिम प्रदेश केन्द्र तोक्नु पर्ने अनिवार्य व्यवस्था अनुरुप सरकारले गरेको उक्त निर्णको सम्मान गर्न समेत जिल्लवासिहरुमा आर्दिक अपिल गरे ।
गुल्मी, पाल्पा र अर्घाखाँचीले तराईबाट अलग नहुने भन्दै बिगतमा लामो आन्दोलन र संघर्ष गरेको र त्यहि संघर्षको परिणामले बुटवलमै पाँच नम्बर प्रदेशको राजधानी हुनु अत्यन्तै सुखद पक्ष रहेको पत्रकार सम्मेलनमा बताईएको थियो ।
सरकारको निर्णय बिरुद्ध उत्रिने तत्कालिन सभाषद् चन्द्र भण्डारी, एमाले सचिव प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, टोपबहादुर रायमाझी लगायतले खेलेको भुमिका प्रति धन्यवाद दिँदै त्यसैको परिणामले अहिले गुल्मीवासीको मर्म र भावना अनुरुप प्रदेशको राजधानी बुटवल भएको बताए ।
पत्रकार सम्मेलनमा गुल्मी उद्योग वाणिज्य संघ, राष्ट्रिय जनमोर्चा र नागरिक समाजले पनि ऐक्यवद्धता जनाउदै सरकाले गरेको निर्णय स्वागत योग्य भएको बताका थिए ।
गत वर्ष सरकारले पाँच नम्बर पदेशका पहाडी जिल्लाहरु गुल्मी,पाल्पा र अर्घाखाँची जिल्लालाई टुक्राउने प्रस्ताव ल्याएपछी गुल्मीमा ४५ दिनसम्म आन्दोलीत बनेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend