logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको नेटामा माघी मेला सम्पन्न

भलिवलमा तुल्सी स्मृति युवा क्लव बिजेता


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी माघ १।
मालिका गापा १ नेटाको जैसीपोखरामा माघी मेला सम्पन्न भएको छ । मंगोलियन युवा क्लवको आयोजनामा मेला आयोजना गरिएको थियो । मेलाको अवसरमा पुस २९ गतेदेखि संचालन भएको भलिवल प्रतियोगीतामा ८ समुहको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा तुल्सी स्मृति युवा क्लव बिजेता बनेको छ । भने आयोजक मंयोलियन युवा क्लवको ए समुह उपबिजेता बनेको छ । बिजेता समुहले ८ हजार प्रमाण पत्र र उपबिजेताले ५ हजार र प्रमाण पत्र पाएका छन् ।

बिजेता समुहलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथी वडाध्याक्ष इन्द्र बहादुर घर्तिले संस्कृति संरक्षणसंगै खेलकुदको क्षेत्रमा युवा समुहले देखाएको सक्रियाताको प्रसंसा गर्नुभयो । साथै घैटोफोर प्रतियोतितामा हिमाल विश्वकर्मा उत्कृष्ट भएका छन् ।

स्थानीय मौलिक भैलो नाच तथा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । क्लव अध्यक्ष रनमाया पुनको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव ढाल बहादुर बाहोराले गर्नुभएको त्यहाँबाट मिना विश्वकर्माले खबर पठाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend