साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ १ ।
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा मागे सक्रान्ती मेलाको अबसरमा बिबिध कार्यक्रम सुरु भएको छ । गुल्मी,पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आदा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।
माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्तहुने विश्वास छ । मेलाको अबसरमा सोमवार बिहानै देखि रिडीमा नुहाउने तथा मेला अबलोकन गर्ने थुप्रैको भीडभाड चलेको छ । हिन्दु धर्ममाविश्वास राख्नेहरु रिडीमा जमघट भएको हो । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड बढेको छ ।
विगतवर्षहरू जस्तै यस पटक पनिमाघे संक्रान्तिको अवसरमागुल्मीको रिडी स्थित कालीगण्डकी नदिमा दिनभर स्नानगर्न आउने श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ ।
गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋया, पितृ ऋयातथाऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्मचल्ने छ । मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छ ।
यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनिनिकै महत्वपूर्ण मानिन्छ । जसकाकारण यस क्षेत्रको महिमा नेपालवाहिर पनि उत्तिकै महत्व पूर्ण मानिन्छ ।
माघे संक्रान्तिको अवशर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । हरेकबर्ष हुने सक्रान्ति मेलाले रिडीको महत्वलाई जीवित बनाइरहेको क्लवका पूर्व अध्यक्ष हिमाल श्रेष्ठले बताए ।
व्यापारतथाधार्मिक पर्यटनका लागिव्यापारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । मेलामा यस बर्ष बिबिध साँस्कृतिक कार्यक्रम समेत हुने भएको छ ।
माघे सक्रान्ति मेला सक्रान्ति देखि तीनदिन सम्म संचालनहुने भएपनि पछिल्ला बर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।
बिगतका वर्षहरुमा भन्दा यस वर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष बिश्वर्काले बताए । यसवर्ष मेला समितिले व्यबसायी को सुबिधालाई ध्यानमा राख्दै आफै स्टल निर्माण गरि व्यापारीलाई दिईएको छ ।
फेन्सी को व्यापार गर्नेको लागि प्रती स्टल पाँच नौ हजार र होटल ब्याबसायी को लागि प्रती हात चार सयका दरले जग्गा उपलब्ध गरायको छ । यो बिगत को बर्ष भन्दा अझ सस्तो र सुबिधा जनक हो ।
अध्यक्ष बिक का अनुसार मेला ब्याबस्थित गर्न बगरमा धेरै धुलो हुने भएकोले भुइँमा बालुवा र गिट्टी बिछ्याइने र प्रत्येक दिन ट्याङ्कर बाट पानी छर्कने ब्याबस्था मिलाइने भएको छ । यस क्षेत्रमा आउने तिर्थालु लाई सुबिधा जनक स्नान एव दर्शन गर्न को लागि कालीगण्डकी नदिमा डोजर लगाइ सफा गरि,सम्मो पारिएको छ ।
साथै गण्डकी किनार मा बास गाडी कपडा झ्न्ड्याउने ब्याबस्था मिलाएको छ । श्रर्दालुहरुको स्नान पछि लाइन बद्ध रुपमा लामाचौपारी को बिष्णु मन्दिर,ऋिषकेश मन्दिर,भृगुतुमेश्वर महादेव को दर्शन गर्न सक्ने छन् ।
दर्शन पछि टाढा बाट आउने दर्शनाथीको लागि रुरु क्षेत्र बिकास समितिले निशुल्क खानपानको ब्याबस्था मिलाएको छ । चहाना हुने ले जहाँ निशुल्क रुपमा दैनिक (पाँच दिन) दाल भत तर्कारी खान सक्ने छन । त्यसै गरि मेला अबधी भर च्युरेकी युवा हरु को विशेष पहलमा पुरातात्त्विक बस्तु को फोटो प्रदर्शनी हुने भएको छ ।
जुन रुरु खेल मैदान को गेट मा स्टल बनाइने भएको छ । जहाँ रुरु क्षेत्र को महत्त्व र इतिहास झल्कने बस्तु हरु हुने छन् । कृषि प्रदर्शनी ,र्या्फ्टिङ्ग,बाट पाँच दिन सम्म भरपुर मनोरञ्जन लिन सकिने छ । मेला भर्न प्रतेक बर्ष रुकुम ,रोल्पा,जुम्ला र सल्यान बाट राडिपाखीको व्यापार गर्न हिन्दै आउने गर्दछन् ।
उनिहरुको सुबिधा लाई ध्यान दिँदै उनिहरु लाई मैदान को गेट को दायाँ तर्फ निशुल्क रुपमा जग्गा उपलब्ध गराइएको क्लवले जनाएको छ । मेला मा हुन सक्ने सम्भाब्यता लाई मध्यनजर गर्दै समिती,स्थानिय र फ्रेण्डस क्लब र प्रशासन को बैठक ले मेला अबधि भर मधिराजन्य बस्तु लाई प्रतिबन्ध लगाइएको छ ।
ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु नायिका प्रीयङ्का कार्कीको विशेष प्रस्तुती रहने छ । यसका साथै दर्जनौ कलाकरहरु पशुपती शर्मा ,शिरिष देवकोटा ,पृती आले, बैकुन्ठ महत, पुष्कल शर्मा, लक्ष्मण खड्का, हास्यकलाकार राजा राजेन्द्र ,दैनिक रुरुकला केन्द्रको प्रस्तुती,शशी रावल, शिलु भट्टराई, नारायण बिपि परियार ,बिष्णु श्रीपाली,कलाकार दान वीर,पवन परियार,नन्दु परियार, प्रेम लामिछने ,मन्जुथापा,माग्ने बुढा, नारयण भण्डारी, शुन्दर भण्डारी, पुर्खे बा, आयुष्माजोशी ,नबिन पौडेल,३सम्झना भण्डारी र अन्य थुप्रै कलाकार को प्रस्तुती रहने आयोजकले जनाएको छ ।
सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा ¥यापटीङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु फ्रण्ड क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए । माघे सक्रान्तिको अबसरमा सेतीबेनी,रुदबेणी, लेक पोखरा छापहिले, छल्दी, लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend