साझा नेटवर्क
बिमल खड्का, बुर्तिबाङ माघ १ ।
अाज बिहान बागलुङकाे वडिगाड गाउपालिका वडा न १० गंगरेमा बिहान पिकअप जिप दुर्घटना भएकाे छ । बिहान बागलुङ गुल्मी र प्युठानकाे सिमान गगरेबाट ना .अ. प. प. १०३८ नम्बरकाे नयाँ पिकअप सवार ४ जना सहित दर्लिङ तर्फ अाउदै गर्दा बाटाे मै दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा बडिगाड वडा न १० दर्लिङका अन्दाजी ३४ बर्षिय मेख बहादुर बुढाकाे घटना स्थलमै मृत्यु भएकाे छ अन्य ३ जना घाइते भएका छन घाइते हुनेमा वडिगाड ९ कि ४५ बर्षिय पुनम बुढा बडिगाड १० का बर्ष २६ का डिलेन्द्र बुढा र चालक प्युठान ५ अर्खाका जितेन्द्र राना रहेका छन ।
घाईते ३ नै जनालाई एम्बुलेन्सबाट उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेकाे ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिएका छन । पिकअप बिहान ५ :३० बजे दुर्घटना भई सडक भन्दा १२ पिट तल खसेकाे बताएकाे छ । दुर्घटना के कारणले भयाे भन्ने प्रहरी अनुसन्धानपछि खुल्ने प्रहरीले जानकारी दिएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend