साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुष ३० ।
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको मागे सक्रान्ती मेला बिबिध कार्यक्रमको तयारी पुरा भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आदा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको रुरु फ्रण्ड क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।
बिगतका वर्षहरुमा भन्दा यसवर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष बिश्वर्काले बताए । यसवर्ष मेला समितिले व्यबसायी को सुबिधालाई ध्यानमा राख्दै आफै स्टल निर्माण गरि व्यापारी लाई दिने भएको छ । फेन्सी को व्यापार गर्नेको लागि प्रती स्टल पाँच नौ हजार र होटल ब्याबसायीको लागि प्रती हात चार सयका दरले जग्गा उपलब्ध गरायको छ । यो बिगतको बर्ष भन्दा अझ सस्तो र सुबिधा जनक हो ।
अध्यक्ष बिकका अनुसार मेला ब्याबस्थित गर्न बगरमा धेरै धुलो हुने भएकोले भुइँमा बालुवा र गिट्टी बिछ्याइने र प्रत्येक दिन ट्याङ्करबाट पानी छर्कने ब्याबस्था मिलाइने भएको छ । यस क्षेत्रमा आउने तिर्थालु लाई सुबिधा जनक स्नान एव दर्शन गर्न को लागि कालीगण्डकी नदिमा डोजर लगाइ सफा गरि,सम्मो पारिएको छ । साथै गण्डकी किनार मा बास गाडी कपडा झ्न्ड्याउने ब्याबस्था मिलाएको छ । श्रर्दालुहरुको स्नान पछि लाइन बद्ध रुपमा लामाचौपारी को बिष्णु मन्दिर,ऋिषकेश मन्दिर,भृगुतुमेश्वर महादेव को दर्शन गर्न सक्ने छन् ।
दर्शन पछि टाढाबाट आउने दर्शनाथी को लागि रुरु क्षेत्र बिकास समितिले निशुल्क खानपानको ब्याबस्था मिलाएको छ । चहाना हुने ले जहाँ निशुल्क रुपमा दैनिक (पाँच दिन) दालभात तर्कारी खान सक्ने छन । त्यसै गरि मेला अबधी भर च्युरेकी युवा हरु को विशेष पहलमा पुरातात्त्विक बस्तुको फोटो प्रदर्शनी हुने भएको छ । जुन रुरु खेल मैदानको गेटमा स्टल बनाइने भएको छ । जहाँ रुरु क्षेत्र को महत्त्व र इतिहास झल्कने बस्तुहरु हुनेछन् ।
कृषि प्रदर्शनी, र्या्फ्टिङ्ग, बाट पाँच दिन सम्म भरपुर मनोरञ्जन लिन सकिने छ । मेला भर्न प्रतेक बर्ष रुकुम, रोल्पा, जुम्ला र सल्यानबाट राडिपाखीको व्यापार गर्न हिन्दै आउने गर्दछन् । उनिहरुको सुबिधालाई ध्यान दिँदै उनिहरुलाई मैदानको गेटको दायाँ तर्फ निशुल्क रुपमा जग्गा उपलब्ध गराइएको क्लवले जनाएको छ । मेलामा हुन सक्ने सम्भाब्यतालाई मध्यनजर गर्दै समिती, स्थानिय र फ्रेण्डस क्लब र प्रशासन को बैठक ले मेला अबधिभर मदिराजन्य बस्तुलाई प्रतिबन्ध लगाइएको छ ।
गुल्मी,पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडी ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु नायिका प्रीयङ्का कार्की को विशेष प्रस्तुती रहने छ ।
यसका साथै दर्जनौ कलाकरहरु पशुपती शर्मा ,शिरिष देवकोटा ,पृती आले, बैकुन्ठ महत, पुष्कल शर्मा, लक्ष्मण खड्का, हास्यकलाकार राजा राजेन्द्र ,दैनिक रुरुकला केन्द्रको प्रस्तुती,शशी रावल, शिलु भट्टराई, नारायण बिपि परियार ,बिष्णु श्रीपाली,कलाकार दान वीर,पवन परियार,नन्दु परियार, प्रेम लामिछने ,मन्जुथापा,माग्ने बुढा, नारयण भण्डारी, शुन्दर भण्डारी, पुर्खे बा, आयुष्माजोशी ,नबिन पौडेल,३सम्झना भण्डारी र अन्य थुप्रै कलाकार को प्रस्तुती रहने आयोजकले जनाएको छ ।
सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा ¥यापटीङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु फ्रण्ड क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए । क्लवले यतिबेला तयारीलाई तिब्र पार्नको लागी आर्थिक तथा मेलाको लागी सबै तयारीको लागी काम गरि रहेको पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो ।
गुल्मीको ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कात्र्तिके ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ । गुल्मी,पाल्पा, स्याङ्गजाको संगमस्थल रिडी नेपालकै चार धाम मध्येको एक धाम मानिन्छ यस क्षेत्रमा प्राचिन समयमा देबदत्त रिषीले तपस्या गरेको धार्मिक मान्यता छ ।
सोहि धार्मिक मान्यता अनुसार यस पबित्रधाम रिडीमा नुहाउने तथा पुजा आज गर्नाले पितृ रिण, देव रिण तथा रिषी रिण पुरा हुने धार्मिक प्रचलन छ । यहि धार्मिक प्रचलन र मान्यता अनुरुप यस क्षेत्रमा माघे सक्रान्ती तथा बिभिन्न समयमा हुने मेलाहरुमा नुहाउने तथा पुजा आजा गर्ने भत्तजनाको घुईचो लाग्ने गर्दछन ।
रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ । माघे सक्रान्तीको अबसरमा सेतीबेनी,रुदबेणी,लेक पोखरा छापहिले, छल्दी, लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend