साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष २९ ।
गुल्मीको मालिका गाउपालिका २ को एक घरमा आगोलागी हुदा पाँच लाख बराबरको क्षती भएको छ । मालिका गाउँपालिका वार्ड नम्बर २ दर्लिङ उनाम निवासी चन्द्र बहादुर श्रीसको दुई तले घरमा बिहान ८ बजे आगोलागी भएको हो ।
विद्युत सर्ट भई लागेको आगोले घरमा रहेका अन्नपात, खाद्यान्न तथा गरगहना जलेर नष्ट भएका छन् । आगोलागी बाट करिब ५ लाख बराबरको क्षति भएको जनजागरण प्राथमिक विद्यालयका प्रध्यानाध्यापक युवराज बोहोराले जानकारी दिए ।
श्रीस आफैमा दृष्टिविहिन हुन् । उनकी श्रीमती मनिषा श्रीसको पनि एक हात छैन । घटनास्थलको बारेमा पौँदि अमराई प्रहरी चौकिलाई जानकारी गराएपनि घटनास्थलमा प्रहरी अझैसम्म पनि पुग्न सकेको छैन । प्रहरी घटनास्थलमा नपुगेकोले बृस्तृत विवरण आउन भने बाँकि छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend