साझा नेटवर्क
हिम शिखर ।
छिमेकी राष्ट्र भारत ले नाकाबन्दी लगाएको बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घर घर ग्यास पाइपलाइन पु¥याउने छौ भन्दा सबैले हास्यस्पद कुरा भने । तर त्यो कुरा असम्भव चाहीं थिएन । हाम्रै छिमेकी राष्ट्र भारतले पनि आफ्ना मेट्रो सिटीहरुमा इन्द्रप्रस्थ ग्यास पाइपलाइन मार्फत घरघर ग्यास पु¥याएको छ ।

हाम्रोमा अहिले भर्खरै पाइपलाईन सम्भव नभएपनि निकट भविष्यमा अथवा हाम्रै जिवनकालमा यो सम्भव हुन सक्छ । हाम्रो नेपाली गाँउबस्तीमा अहिले पनि प्रमुख इन्धनको रुपमा दाउरा नै प्रयोग हुन्छ अथवा दाउरे युगनै कायम छ भन्ने हो भने विकशित मुलुकहरुले नपत्याउन सक्छन वा अचम्म मान्लान् तर सत्य यहीनै हो ।
अहिले पछिल्लो क्रममा भने खानापकाउन ग्यासको प्रयोग गर्नेको संख्या ह्वात्तै बढ्ेको छ ।
पछिल्लो एकवर्ष भित्रमा गुल्मी अर्घाखाँची सिमाना मालारानी गाँउ पालिका र छिमेकी जिल्लाका साविक का गाविसहरु नयाँगाँउ , पिपलधारा, हाडहाडे का ८० प्रतिशत घरधुरी ले एलपिजी ग्यासको प्रयोगको गर्दै आइरहेका छन् ।
मालारानी गाँउपालिका ३ खनदह मा आधिकारिक विक्रेता रहेको अल्र्बट ग्यास सप्लायरस ले दैनिक औसत ५ ग्यास सप्लाई गर्दै आईरहेको छ ।
पछिल्लो समयमा वैदेशिक रोजगारीको कारणले आम्दानीको स्रोत बढेको हुनाले पनि मानिसहरु सुविधा बढि खोजे जस्तो देखिएपनि वास्तवमा सामुदायिक वनको अवधारणा आएपछि जथाभावी वन फडानी गर्न नपाइने हुदा र दैनिक प्रयोग को लागि दाउरा प्रयाप्त मात्रामा नपाइने अथवा दाउरा किन्नै पर्ने हुन्छ । दाउरा किन्दा , चिराउदा र ढुवानी गर्दा ग्यास भन्दा महँगो पर्ने भएकाले पनि मानिसहरु ग्याँस नै प्रयोग गर्न थालेका हुन् ।
ग्यास प्रयोग गर्दा समयको बचत हुने , दाउरा भन्दा सस्तो पर्ने , वातावरण मैत्रीहुने , धुवाँबाट लाग्न सक्ने विभिन्न स्वासप्रस्वास सम्बन्धि रोक बाट पनि बचिने आदि फाइदा हुने हुनाले अल्बर्ट ग्यास ले आफ्नो नारा
“ग्याँसको प्रयोग गरौं,वनको संरक्षण गरौं , वनविनाश नगरौं” जस्ता जनचेतनामुलक नारा राख्दै “सर्वसुलभ, राम्रो भरपर्दो ग्यास संसार सारा, २०७५सालसम्म एक घर एक ग्याँस अल्बर्ट ग्याँसको नारा “भनेर आगामी एक वर्षमा आफ्नो भेगका प्रत्येक घरमा ग्यास पु¥याउने लक्ष्य लिएको बताउनुहुन्छ अल्बर्ट ग्याँसका प्रोपाईटर जुद्ध खनाल । यसरी दैनिक ग्याँस प्रयोग गर्नेको संख्या वृद्धि हुदैंजानेहो भने केही वर्ष भित्रनै पहाडी क्षेत्रमा समेतग्यास ले दाउरालाई विस्थापित गर्न सक्ने अनुमान लगाउन सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend