logo
  • आइतबार, असोज ११ २०८३

ईस्माली समाज काठमाडौले गाउँपालिकाको मावि स्तरीय हाजिर जवाफ गर्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी पुष २७ ।
इस्माली समाज काठमाडौले सहिद सप्ताहको अवसरमा माघ १२ गते इस्मा गाउँपालिका माध्यमिक बिद्यालय (६-१०) स्तरीय हाजिरी जबाफ प्रतियोगिता आनन्दपुर माबी इस्मा रजस्थलमा गर्ने भएको छ ।

हाजिरी जबाफ प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार, प्रमाणपत्र र रनिङ सिल, द्वितीय पुरस्कार ३ र प्रमाणपत्र तृतीय पुरस्कार २ हजार र प्रमाणपत्र रहेको छ। सहभागी बिद्यालय लाई मायाको चिनो र प्रमाणपत्रको ब्याबस्था गरिएको आयोजकले जनाएको छ ।

हाजिर जवाफ प्रतियोगिताका लागि नन स्टप कस्ट्रक्सन सेवा प्रा लि का संचालक सुजन गौतमले पुरस्कारको रकम, मेटा आर्ट बागबजारका संचालक भोजेन्द्र केसिले रनिङशिल र इमेज प्लस पुतलीसडक का संचालक सुरेन्द्र श्रेष्ठले प्रमाणपत्रको सौजन्य गरेको इस्माली समाजका खिमराज अधिकारीले जानकारी दिए ।

इस्माली समाज काठमान्डौले दशैकोको बेला साबिकको इस्माका तीन गाबिसका माबिमा एसइइमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाइ सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend