साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ ।
पछिल्लो समयका चर्चित गीतकार नृप्रेश उप्रेतीका शब्द सृजनामा तयार भएको गीत ‘मुटुको ढुकढुकी’को म्यूजिक भिडयो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत सृजना रहेको गीतमा शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ ।
भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीको रोमाण्टिक अभिनय रहेको छ । दामन, कुलेखानी लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा सोहम र एलिनालाई रोमान्स निकै प्रेमिल रुपमा पप्रस्तुत गर्न सफल देखिएका छन् निर्देशक सोम कुस्कुमाझी ।
यसअघि सुरु भएको छ बोलको गीतमा नायिका निता ढुंगानासंग अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको पहिलो चलचित्र शिवम प्रर्दशनको तयारीमा रहेको छ। भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने अर्जुन सापकोटाले छायांकन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend