logo
  • शुक्रबार, असोज ९ २०८३

ज्यान खाने माया लिएर आए गायक श्रेष्ठ (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार अविरल पन्थी ।
लोक तथा दोहिरी गायक रित कुमार श्रेष्ठको आवाजमा “ज्यान खाने मायालाई” लोक गीति एल्बम सार्वजानिक भएको छ । “ज्यान खाने मायालाई” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गित सङ्गीतको क्षेत्रमा माया प्रेम, मिलन बिछोड र ठट्यौली खालका गितहरुले चर्चा कमाउने गरिरहेकै बेला श्रेष्ठले भर्खरै मात्र सार्वजनिक भएको सोहि एल्बममा माया प्रेमका कुराहरुलाई वर्णन गरिएको छ ।

बैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका श्रेष्ठको आवाजमा सजिएको गित एकपछि अर्काे सार्वजानिक हुने क्रममा यो गित सार्वजानिक भएको हो । जिवन बिसीको लय तथा शब्द रहेको गीतमा श्रेष्ठ र अनिता पन्त खनालको स्वर रहेको छ ।

नरेश बिर सिंह र नुमा घले लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend