साझा नेटवर्क
राज भण्डारी, गुल्मी पुष २४ ।
गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वार्ड नं १ हुगा कछौटेमा दिउसै बाघको आतंक बढेको छ । सोमबार साझको करिब ३ बजे तिर स्थानिय चन्द्र भण्डारीको गोठमा बाधेको गोरुलाई बाघले आक्रमण गरेको थियो ।
यसरी दिउसै बाघले गोठमा पसि आक्रमण गर्दा स्थानीय बासीहरु त्रसित भएका छन । बाघले मानविय क्षति भने गरेको छैन । स्थानीय बासी भण्डारीको गोठमा बाधेर राखेको गोरुलाई बाघले आक्रमण गरि मारेको भण्डारीले जानकारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend