साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष २४ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले भुकम्प पिडितहरुले सहज रुपमा घरहरु पुर्ननिर्माण गर्न पाउनु पर्ने वताउनु भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई को आयोजना तथा जिल्ला समन्वय समिति बागलुङको संयोजनमा वडिगाड गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले सो कुरा वताउनु भएको हो ।
कर्मचारीहरुलाई काममा सहजिकरण गरिदिन आग्रह गर्दै भुसालले कुनै पनि पिडित छुट्न नहुने वताउनु भएको छ । कार्यक्रममा सहभागिको तर्फवाट वडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष हिमा खरेल, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ लगाएतले वोल्नुभएको थियो।
सो अभिमुखिकरण कार्यक्रमको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईका केन्द्रिय प्रशिक्षक मोति लामिछानेले सहजिकरण गर्दै योजना लागत, सम्झौता, भुक्तानि लगाएतको विषयमा जानकारी गराउनु भएको थियो। भने इन्जिनियर विनोद नेपालले प्राविधिक पक्षको वारेमा जानकारी गराउनु भएको थियो।
कार्यक्रम वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, वडा नं. २ का सचिव गिता पौडेलको स्वागत मन्तव्य तथा जिल्ला समन्वय समिति बागलुङका सुचना अधिकृत अखिलनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो।
टोलीले मंगलवार ढोरपाटन नगरपालिकामा अभिमुखिकरण कार्यक्रम गर्ने जनाइएको छ । यसै विच अहिले सम्मको कामको अवस्था र आगामी दिनमा गर्ने कामको सन्दर्भमा प्राधिकरणको तर्फवाट बागलुङका फोकल पर्सन अखिलनाथ शर्मा संगको विशेष कुराकानी सारथी हालचाल पछि कार्यक्रम समय र सन्दर्भमा सुन्न सक्नुहुने छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend