साझा नेटवर्क
सन्ध्या वस्नेत, गुुल्मी पुष २४।
गुुल्मी लगायत विभिन्न जिल्लाबाट दर्जनौ रेडियोहरु रेसुङ्गा टेलिभिजनबाट प्रशारण हुुने चर्चित कार्यक्रम ओझेलका खवरमा अर्घाखाँची मरेङ्ग गाउँका तिन विचल्लीमा परेका वाल वालिकाहरुको विचल्लीको कथा प्रशारण भए पछि लाखौं सहयोग रकम जुुट्न थालेको छ ।
सोही क्रममा आज रेसुङ्गा नगरपालिका वडा नम्वर ९ उपल्लो तम्घासकी चेली शान्ता पाण्डे र नवलपरासीको सुुनवल घर भई डेनमार्कमा कार्यरत उनका श्रीमान रामप्रसाद काफ्ले दम्पत्तीको सक्रियतामा १ लाख ८ हजार सहयोग संकलन गरी उहाँबाट पठाईएको रकम पिडितलाई आज हस्तान्तरण गरिएको छ ।
छोरी शान्तले पठाएको उक्त रकम आज अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १ मरेङ्ग निवासी उनै पिडित परिवार यामलाल पोखरेल र उनका तिन नाती नातिनीहरुलाई उपल्लो तम्घास स्थित पिता जिवलाल पाण्डे र माता विमला पाण्डेले हस्तान्तरण गरेका हुन् । चेली शान्त र उनका श्रीमान रामप्रसाद काफ्ले युुट्युफ मार्फत ओझेलका खवर सुननेर दया जागेर सहयोग संकलन अभियान सुुरु गरेको बताए ।
त्यस्तै मालरानी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष वालकृष्ण आचार्यका अनुसर ति वालवालिकाहरुलाई पोखरा घर भई ईजराईलमा कार्यरत अञ्जुु गुरुङ्ग ले पनि आजै ५० हजार सहयोग पठाएको बताए । उक्त रकम पनि आजै पितिहरुलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा ओझेलका खवार सञ्ञ्चालक प्रेम सुुनार , पत्रकार शिवलाल सुवेदी , रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारायण बराल लगायतको सहभागिता रहेको थियो । त्यस्तै उनै वालवालिका लागि गुल्मीको आँपचौर सेवा समिति जापानका सल्लाहकार रहनुभएकी एक समाजसेवी महिलाद्धारा पनि १० हजार रुपैयाँ सहयोग पठाईएको छ ।
मुसिकोट नगरपालिका वडा नं। ५ आँपचौर निवासी हाल हाल शंखमुल विज्ञान मार्ग ३१ काठमाण्डौमा बसोवास गदै आएकी शान्ता तिवारीले अर्घखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १ का यामलाल पोखरेलका विचल्लीमा परेका तिन वालवालिकाहरुको लागि उक्त सहयोग पत्रकार कौरव खत्री मार्फत पठाएकी हुन ।
हाल जापानमा रोजगारीको शिलशिलामा कार्यरत तिवारीले गएको तिहारको भाइ टिकाको दिन जापानमा आफूले चर्चित रेडियो कार्यक्रम ओझेलका खबरका सञ्चालक प्रेम सुनारद्धारा उक्त बालकको कथा र पिडालाई प्रशारण गरिदिएको सुनेर आफ्नो थोरै सहयोगले पनि बालकको जीवनका लागि केहीे राहत मिल्ला भनेर सहयोग गरेको बताईन ।
ओझेलका खवर प्रशारण भए देखि हाल सम्म ति वालवालिकाहरुलाई ३ लाख ५० हजार सहयोग भई सकेको र संकलन हुने क्रम जारी रहेको वडाध्यक्ष वालकृष्ण आचार्यले जानकारी दिए । उनका वावुु उपचार गर्न नसकेर भारतमा मृत्युु भएका थिए भने आमाले उनिहरुलाई त्यति कै छाडेर दोश्रो विवाह गरी गएकी थिईन ।
दयानिय आर्थिक अवस्था भएका उनका ७० वर्षिय हजुुर बुवाले पाल्न नसके पछि स्थानियले ओझेलका खवर युनिटलाई बोलाएर सहयोगको वातवरण सिर्जना गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend