साझा नेटवर्क
कमल पौडेल, बागलुङ (खर्वाङ) पुष २२ ।
मध्यपहाडि लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्ड अन्तर्गत वडिगाड गाउँपालिका वडा नं. २ को राक्सेमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
ध १ प ३१०७ नं. को मोटरसाइकल सडक वाट उछिट्टीएर तल खस्दा ढोरपाटन नगरपालिका वडा नं. ५, वर्ष ३४ का किरण पौडेल घाइते भएका हुन् ।
टाउकोमा गम्भिर चोट लागेका घाइते पौडेलको खर्वाङमा प्राथमिक उपचारपछि थप उपचारको लागी हेलिकप्टर मार्फत मेट्रोसिटी हस्पिटल पोखरा पुर्याइएको छ। स्थानिय शिक्षक समेत रहेका पौडेल बागलुङवाट बुर्तिबाङ फर्किदै गर्दा सो दुर्घटना भएको हो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend