logo
  • आइतबार, असोज ११ २०८३

बागलुङको गल्कोटमा वडा भेला सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ पुष २१।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं. ११ रिघाको वडा कार्यालयको आयोजनामा साविकको रिघा ३ र ६ को खिरेदी धारा मन्दिरमा टोल भेला सम्पन्न भएको छ।

भेलामा वडा अध्यक्ष डम्वर वहादुर श्रीसले वडा ले उपलब्ध गराउने सेवा सुविधा तथा नगरपालिकाका कार्यहरुको जानकारी गराउनु भएको थियो। भेलाले रहले, खिरेदि किल्ले हुँदै लाम्चे सम्मको मोटरवाटोको स्तरउन्नतीको लागी उपभोक्ता समितिको गठन गरेको छ।

जसको अध्यक्षमा दान वहादुर श्रीस, सचिवमा तिलक घर्ति, कोषाध्यक्ष सन्तु श्रीस लगाएत रहनुभएको छ । त्यस्तै पात्लेपानी खानेपानी उपभोक्ता समितिको संयोजकमा प्रेम चालिसे, सचिव रन वहादुर नेपाली र माया चालिसे कोषाध्यक्ष रहनु भएको छ।

कार्यक्रम चन्द्रवहादुर श्रीसको अध्यक्षता तथा झवि चालिसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend