साझा नेटवर्क
सुर्य प्रसाद खनाल, गुल्मी पुष १९ ।
केहि दिन अगाडी सांसद गोकर्ण विष्टले विजय भएको २० दिनमा आफ्नो चुनावी प्रतिवद्धता पुरा गरेको भन्ने समाचारको नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन माफर्त घोर भत्र्सना गर्दै झुटको पर्दाफास गरेको छ । 
नेपाली कांग्रेसवाट निर्वाचीत पुर्व सांसद चन्द्र भण्डारीको मिति २०७१ जेठ १ गतेको माग पत्रलाइ २०७१ जेठ ११ मा तत्कालीन सिंचाई मन्त्री एन.पि. साउदको तोक आदेशबाट राष्ट्रिय योजना आयोग मार्फत ठुलो चेक्मी लिफ्ट सिंचाई योजनाको नाममा आर्थीक वर्ष ७१/७२ को नेपाल सरकारको रातो किताव मार्फत क्रमागत योजना सार्वजानीक गरि त्यसको सम्पूर्ण डि.पि.आर तयार भएको छ ।
९५ लाख ६७ हजार ३ सय रुपैया बराबरको केहि दिन भित्रै टेण्डर पक्रियाबाट काम सुरु हुने योजनालाई राजनैतिक रंग दिइ माननीयले कुनै श्रोत नखुलेको सोलार पाता र ९० मिटर पाइप वितरण गरि आफुले नै योजनाको परिक्षण गरेको भन्दै विकासका योजनामा भ्रम श्रृजना गरेको भन्दै नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत पर्दाफस गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले यो एक उदाहरण मात्र भएको बताउनु भएको छ । क्षेत्रिय सचिव खड्काले माननीयकै गाउ दोहोली लगाएत आफु निर्वाचीत भएका ठाउमा थुप्रै अभाव भएपनि आफुलाई विकासे नेता भन्दै हिडेको समेत बताउनु भयो ।
उदाहरणका रुपमा दोहोलीकै खानेपानीको समस्या भएको बताउनुभयो । नेता पन्थीले नेपाल सरकारबाट नियमित काम हुदै आएका क्रमागत योजनालाई ढाकेर श्रोत नखुलाएका दुृइ चार थान सोलार पाता र पाइपले ति क्रमागत योजना ढाक्न खोज्नु जनताको हित विपरित र भ्रम छर्ने नियत माननियको भएको बताउनु भयो ।
नेपाली कांग्रेस गुल्मीमका उप सभापति विष्णु वलालले उक्त योजना पूर्व माननीय भण्डारीकै पहलमा नेपाली कांग्रेसको नेतृवमा भएका सप्रमाण समेत प्रस्तुत गनुृ भएको थियो ।
यति ठुलो योजना कांग्रेसको पूर्ण संलग्नतामा सुरु हुन लागेको र त्यसको राजनैतिक लाभ कांग्रेसले उठाउन सक्ने आशंका गर्दै यस्तो निन्दनीय कार्य माननीय गोकर्ण विष्टले गरेको उप सभापति विष्णु बलालले बताउनु भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend