साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी पुष १९ ।
नेकपा एमालेनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु र नेकपा माआवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी गुल्मीले सरकारका पछिल्ला गतिविधि र निर्वाचन आयोगको कामबारे आपत्ति जनाएका छन् ।
जनताबाट पराजित भएपछि पनि काङ्ग्रेस सभापति तथा प्रधानमन्त्रि शेर बहादुर देउवा सत्तामै बसेर नयाँ सरकार गठनको बाटो नखोल्नु आपत्तिजनक भएको बताए । त्यसतै निर्वाचन भएको लामो समयसम्म पनि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नगर्नु पनि शंकाशंपद रहेको बताएका छन् ।
बुधबार अनेरास्ववियुका जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक भरत चन्दद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूख्य बृद्धिबारे पनि आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
साथै पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका बेला झडपमा परि घाइते भएका अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष महेश बर्र्ताैला, महासचिव ऐन महर, सीटीइभिटीका नेता शेखर बोहोरा र धर्मेन्द केसीको स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।
प्रहरी दमनबाट भएको यस आफूहरुलाई स्तब्ध पारेको र दोषिलाई कडा कारवाही गर्न पनि प्रेस विज्ञप्तिमार्फ माग गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend