साझा नेटवर्क
बिमल खड्का बागलुङ ।
मंगलबार आफ्नतकोमा भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका नेता घाईते भएका छन् ।
बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिका वडा (६ भल्कोटका अन्दाजी ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढा मगर गम्भीर घाईते भएका छन ।

निशिको भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति १० बजे ढुङ्गा प्रहार भएको निशी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिएका छन ।
भुजेलले भने पिडित बुढाले बिहान आएर उजुरी दिएर जानुभएको छ त्यस लगत्तै मैले मान्छे लिन पठाएको छु ।अहिले घाइते बुढा उपचारका लागि बुर्तिबाङ जानुभएको छ । थप ल्याएपछि खुल्ने उनले बताए ।
बुढाको उनको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको बताएको छ ।
सामान्य राजनीतिक विषयमा कुराकानी भईरहेको अवस्थामा रक्सीले मातेर आएका लालकुमारले एक्कासी ढुङ्गा हानेको स्थानीय बेलबहादुर बुढाले बताए ।
कुशल नेकपा माओवादि केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend