logo
  • आइतबार, असोज ११ २०८३

इस्मा गाउँपालिकामा सरोकारवालाई सरसफाई तालिम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

????????????????????????????????????

टोपलाल अर्याल, गुल्मी पुष १८।
सरोकारवालाका लागि गाउँपालिका स्तरिय पूर्ण सरसफाई तालिम इस्मा गाउँपालिका ५ इस्मा रजस्थलमा सम्पन्न भएको छ । ‘हामी सवैको रहर पूर्ण सरसफाई युक्त गाउँघर’ भन्ने नाराका साथ पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना इस्मा गाउँपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो ।तालिममा इस्मा गाउँपालिका प्रमुख, उपप्रमुख, सवै वडाका वडाध्यक्ष सहि कार्यपालिकाका सवै सदस्य, गाउँपालिकाका सवै स्वास्थ्य संस्था प्रमुख, व्यापारी तथा तथा महिला समुहका प्रतिनिधीहरुलाई सरसफाई सम्बन्धि जानकारी दिइएको थियो । तालिममा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोख्रेलले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले गाउँपालिकाको सरसफाई योजनाको बारेमा जानकारी दिए । साथै वास सल्लाहाकार बिनोद प्रकाश लुहारले परियोजनाको संक्षिप्त परिचय दिए । पूर्ण सरसफाईका सुचक, आगामी योजना र कार्यान्यन कार्ययोजनाका बारेमा सरसफाई तथा स्वच्छता बिज्ञ चन्द्र बिष्टले प्रकाश पारेका थिए ।

गाउँपालिका उपाध्यक्ष बिमला केशीले वाताबरणीय सरसफाईको महत्वको बारेमा जानकारी दिएको परियोजना प्राविधिक लक्ष्मी प्रसाद खनालले बताए । तालिमको संचालन इस्मा गाउँपालिकाका वास संयोजक हरि घिमिरेले पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend