साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष १७।
मालिका गाउँपालिकाको आयोजनामा पाँच दिन आधारभुत पत्रकारित तालिाम अर्जैमा शुरु भएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष देवा अर्यालले उद्घाटन गरिन । तालिमको उद्घाटन गर्दै पाँच दिन प्राप्त गर्ने सैद्धान्तिक ज्ञानलाई व्यावहारमा उतारेर सुचना र संचारमा मालिका गाउँपालिकालाई अग्रस्थान प्रदान गर्न आग्रह गरिन् ।
गाउँपालिकाका प्रसासकिय अधिकृत लेखनाथ पोख्रेलले गाउँपालिकाका गतिविधी नागरिक र नागरिकका समस्या र गुनासा गाउँपालिकासम्म पु¥याउन संचार माध्यमको महत्वपुर्ण भुमिका हुने बताए । साथै पोख्रलले तालिमबाट जनशक्ति उत्पादनदेखि मालिका सेरोफेरो रेडियो कार्यक्रमलाई दिर्घकालिन रुपमा अगाडी बढाउने सम्मको उदेश्य रहेको बताए ।
गुल्मीका स्थानीय तहहरुमा आफुहरुले मात्र यस्तो तालिम संचालन गरेको उनले दावी गरे । सोहि कार्यक्रममा मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले तालिममा सहभागी ३२ जनासंग सिङ्गो गाउँपालिकाको विश्वास जोडिएकाले तालिमलाई सहि रुपमा प्रयोग गर्न आग्रह गरे ।
वडा नं १ का वडाध्यक्ष इन्द्र बहादुर घर्तिले राम्रोसंग आफ्नो परिचय दिन नजान्नेहरुका लागि यो तालिम अत्यन्तै फलदायी हुने बताए । गाउँपालिकाले मालिका सेरोफेरो रेडियो कार्यक्रम संचालन गर्नका लागि एउटा वडाबाट दुई/दुई जना महिला पुरुषलाई तालिममा दिइरहेको छ ।
उनीहरुलाई रेडियो कार्यक्रम उत्पाद र आधारभुत पत्रकारिताका बिषयमा पाँच दिन प्रशिक्षण दिइने गाउँपालिकाले जनाएको छ । कार्यक्रमको संचालन मालिका गाउँपालिकाका नायव सुब्बा युवराज खड्काले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend