साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुष १७ ।
लोक गायक बद्रि पंगेनी र सिता रानाको नयाँ गीत सार्बजनिक भएको छ । मायाँ प्रेममा आधारित तिता मिठाकथा बस्तुहरु समाबेश गरेर ‘मेरो बैश’ नामको लोक दोहोरी गीत सार्बजनिक गरेका छन् ।
लोक दोहोरीमा फरक खालको प्रस्तुती गायक पंगेनी र रानाले दिने प्रयास गरेका छन् । जवानी बढेपछी बैश पनि वढेका कुराहरु गीतमा उल्लेख छन् । बैश वढेपछी लहलह झुलेका कथा बस्तुमा जवानी वढेपछी हावाले पनिछुदा पनि लाज लाग्ने जस्ता कथा गीतमा रहेका छन् ।
मायाँ प्रेममा दुई प्रेमीकाहरु मस्त जवानीमा भएको शब्दभाव गीतमा उल्लेख छ ।
गीतकार एकनारायणभण्डारीको लय शब्द रहेको गीतमा गायक बद्रि पंगेनी र गायिका सिता रानाको सुमधुर स्वर रहेको छ ।
शालिग्राम इन्टरटेन्टमेन्टले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा शंकर बिसी र टिका जैसीको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend