साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष १७।
वंशगोत्रिय खराल वंशउद्धार समिति गल्कोट नगरपालीकाको भेला वडा नं. ९ दरवारमा सम्पन्न भएको छ। भेलाले प्रेम सागर खरालको संयोजकत्वमा ९ सदस्यि कार्यसमितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा टंक प्रसाद खराल, सचिवमा इन्दू प्रसाद खराल, सहसचिवमा जगन्नाथ खराल, कोषाध्यक्षमा मित्रलाल खराल, सदस्यहरुमा भिमकुमारी खराल, प्रतिक्षा खराल, चुरामणि खराल, लिलाधर खराल लगाएत रहनुभएको छ। त्यस्तै भेलाले डिलाराम खरालको संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समितिको गठन गरेको छ। जसको सदस्यमा महाश्रम खराल र प्रेमलाल खराल रहनुभएको छ।
भेलालाई सम्बोधन गर्र्दै केन्द्रिय सदस्य सागर खरालले छरिएर रहेको खरालहरुलाई एकिकृत गर्नुपर्ने वताउनु भएको छ। कार्यक्रममा केन्द्रिय कार्यक्रमको वारेमा जानकारी दिँदै एकले अर्कोलाई सहयोग गर्नुपर्ने वताउनु भयो। भेलामा जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरालले वंशउद्धार समितिले निर्माण गरेको स्मारिकामा महिलाको नामावली नभएकोले त्यसलाई सच्याई सवैको नाम समावेश गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
आजिवन तथा साधरण सदस्यता वितरणलाई छिटो र चुस्त वनाउनु पर्ने भन्दै सवै खराललाई एकतावद्ध हुन आह्वान गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सचिव कमल खराल, जिल्ला सदस्य नारायण प्रसाद खराल, जिल्ला सल्लाहकार डिलाराम खराल, टंक प्रसाद खराल, लिलाधर खराल लगाएतले वोल्नुभएको थियो।
कार्यक्रम जेष्ठ सदस्य वेदिलाल खरालको अध्यक्षता, जिल्ला कोषाध्यक्ष हेम प्रसाद खरालको स्वागत मन्तव्य तथा इन्दु प्रसाद खरालको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend