साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष १६।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिपकुमार ज्ञवालीले अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको बताए । चुनावको मत परिणाम सार्वजनिक भएको पन्ध्र बिस दिन बितिसक्दा समेत सरकारले कुर्चीमै रमिता देखाई रहेको आरोप लगाए ।
आइतबार सदरमुकाम तम्घासमा प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले यस्तो बताए हुन् । ‘आफुलाई लोकतन्त्रबादी बताउने नेपाली कांग्रेस र सभापतिको नैतिकता देखियो,’उनले भने, देउवा जी विभिन्न बाहानाबाजी गरेर कुर्ची छाड्न चाहँदैनन् ।
ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधी बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए । निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न समेत उनले आग्रह गरे ।
निर्वाचन आयोग कुनै राजनीतिक दलपट्टि लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय हो,’उनले भने, ‘आयोग जस्तो निकाय र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।
उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दृघकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताए । सरकारले सहमती भन्दा निहु खोजिरहेको छ, ज्ञवालीले भने,‘कुनै निर्णय पनि बामगठबन्धनलाई मान्य छैनन ।
आलोपालो सरकार गठनको बिषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिदै एमाले सचिव प्रदिव ज्ञवालीले त्यो कदापी हुन नसक्ने बताए । सरकार गठन पछि मन्त्रीहरुको कार्यशैलीका आधारमा कार्यविभाज हेरफेर भएपनि सरकार गठनमा आलो पाला नहुने दावी गरे ।
आलोपालो भनेर एकता कसरी हुन्छ ? एउटै पार्टी भएपछि सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर होला,’उनले भने,‘ आलोपालो भन्नु, एकताबबाट भाग्न खोज्नु हो ।’ उनले एकताको बिषय केपी र प्रचण्ड वा एमाले माओवादीको भन्दा बहुमत नेपालीको भावना भएकाले एकता प्रति कुनै सन्देह नराख्न सवैलाई आग्रह गरे ।
गुल्मी क्षेत्र नं १ का सांसद प्रदिव ज्ञवालीले माओवादी र आफुहरुबिच कुनै सैद्धान्तिक असहमती नभएको बताए । उनले संंविधानमा समेत आफुहरुको बिचार प्रतिबिम्वीत भएकाले संगठनको संरचना र इतिहासको बिषयमा रहेका केहि असहमती पनि छिट्टै टुङ्गो लाग्ने बताए ।
असोज १७ गतेको छ बुदे सममती र घोषणा पत्रमा आफुहरु साझा बिचार रहेकाले सैद्धान्तिक समस्या नरहेको ज्ञवालीले बताए । उनले सरकार गठन अगाडी नै एकताको प्रारुप तयार हुने बताए । साथै ज्ञवालीले प्रदेशको राजधानी र प्रमुख तोक्ने बिषयलाई सडकमा बिसुन पोख्नु आवश्यक नरहेको स्पष्ट पारे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend