logo
  • आइतबार, असोज ११ २०८३

चुनावका बाचा जितेको २० दिनमै पुरा, सोलार लिफ्टिङ्गबाट गाउँमा पानी झरेपछि स्थानीय हर्षित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

????????????????????????????????????

टोपलाल अर्याल, गुल्मी पुष १६ ।
गएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा गोकर्ण बिष्ट भोट माग्न रेसुंगा नगरपालिका ६ को चेक्मी पुगे । उनले भोट माग्दा चेक्मीका स्थानीयले तरकारी खेतीका लागि सिंचाई मागेका थिए । बिष्टले चुनाव जितेर काठमाण्डौ फर्किएको केहि दिनमै त्यो माग पुरा गर्ने बचन समेत दिएका थिए । नभन्दै बिजयी भएको २० दिनमा सांसद बिष्टले आफ्नो चुनावी प्रतिबद्धता पुरा गरेका छन् ।अहिले सोलार लिफ्टिङ्गबाट घर नजिकै दुई इन्चको पाइपमा पानी आउँदा स्थानीय हर्षित एवं उत्साहित भएका छन् । ‘गाउँ पानी नभएकाले थुप्रै खेती योग्य जमिन बाँझो छ, स्थानीय दुर्गा मरासिनीले सांसद बिष्टलाई आश्वासन दिदै भने, अर्को चोटी तपाई आउँदा गाउँ तरकारीमय हुनेछ ।चेक्मीको खालाचौरबाट ८० मिटर उचाईमा सात सय मिटर माथी डाँडोमा पानी तानिएको रेसुंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष गन बहादुर गुरुङ्गले बताए । परियोजना सफल भएपछि सोहि स्थानका एक सय ५० घरले सहज रुपमा सिंचाई गर्न पाउने उपभोक्ता समितिका सचिव गोपाल केशीले बताए ।बिना व्याट्रि सोलारका पाता मार्फत पानी तान्ने यो प्रविधी देशमा धेरै स्थानमा उपलब्धिमुलक रहेको प्राविधिक सुरेश राहुतले बताए । यो संचालन गर्न एक हप्ताको समय लाग्ने उनले बताए । यो प्रविधीलाई स्थानीयले जनत गरे पाँच बर्षसम्म केहि नहुने प्राविधिक राहुतले बताए । ‘सोलार सिस्टम भएकाले बिग्रने सम्भावना कम हुन्छ तर पनि संरक्षण हुनुप¥यो,’उनले भने,‘ पाँच बर्ष मेसिनकै ग्यारेन्टी हुन्छ ।

स्थानीयको ३ लाख साझेदारी गरी २५ लाखमा उक्त सिचाई परियोजनाको सफल परिक्षण गरिएको उपभोक्ता समिति अध्यक्ष दुर्गा मरासिनीले बताए । अझै पोखरी मर्मत तथा बितरणको काम बाँकी भएकाले लागत बढ्न सकिने मरासिनीले बताए । चेक्मी गाउँमा पुगेर सो योजनाको उद्घाटन गरेका गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले जिल्लाका अरु ४० देखि ५० स्थानमा खानेपानी तथा सिचाईका निम्ती सोलार लिफ्टिङ्ग संचालन गर्ने बताए ।

पानी खस्दा मात्र सफलता नठान्नुस, म यो गाउँमा तरकारी फलेको हेर्न चाहन्छु,‘ उनले भने,’ परियोजनाको संरक्षण पनि तपाईहरुको कर्तव्य हो ।’ उनले जिल्लामा अबको पाँच बर्ष खानेपानी, सडक र बिजुलीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

साना समस्याका लागि स्थानीय निकायहरु भएकाले ठुला समस्याहरुका लागि आफु संधै जनाताका पक्षमा रहेको बिष्टले प्रतिक्रिया दिए । ‘चुनावका बेला जनता समक्ष गरेका बाचा पुरा गर्ने दिन शुरु भए, उनले भने, सरकार गठनपछि त्यो काममा सक्रिए भएर लाग्छौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend