logo
  • शनिबार, असोज १० २०८३

यो भन्दा लज्जास्पद अरु के हुन सक्ला : नेता ज्ञवाली


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष १५ ।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिपकुमार ज्ञवालीले समानुपातिकतर्फ प्रतिनिधिसभाको निर्वाचनको नतिजा र सिट छिट्टै सार्वजनिक गर्न निर्वाचन आयोगलाई आहन गरेका छन् ।
शनिबार गुल्मीको बलेटक्सारमा रहेको पैँचो पसलको तस्रो बार्षिकोत्सवको उघ्द्धाटन गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोग कुनै दलको शाखा कार्यलयजस्तो बन्न नहुने भन्दै उनले तटस्थ ढङ्गले काम गर्न समेत आग्रह गरेका छन् । निर्वाचन आयोग कुनै राजनीतिक दलपट्टि लागेर यत्तिका समयसम्म पनि समानुपातिक तर्फको नतिजा निकाल्न नमान्नु लज्जास्पद विषय हो । उनले भने, आयोगजस्तो निकाय र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।

निर्वाचनको नजिता सार्वजनिक भएको २० दिनसम्म पनि नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार गठन गर्न ढोका खोल्नुको साटो उल्टै सत्तामा बसिरहनु लोकतन्त्रको उपाहास भएको बताए ।

संसारको कुनै पनि मुलुकमा निर्वाचन भइसकेपछि नयाँ सरकार गठनको बाटो नखोल्नु भन्ने छैन । तर यहाँ जनमत नभएको पार्टी पनि सत्तामा बसिरहन खोज्छ ।

उनले भने – यो भन्दा लज्जास्पद अरु के हुन सक्ला ? आफ्नो तस्रो बार्षिकोत्सवको अवसरमा पैँचो पसलले गाउँपालिकास्तर तथा अन्य उत्कृष्ठ किसानहरुलाई समेत सम्मान गरेको थियो ।

त्यस्तै प्रतिनिधिसभामा निर्वाचित सांसद ज्ञवालीसहित प्रदेशसभामा निर्वातिन क्षेत्र नम्बर १ प्रदेश ‘क’ का सांसद सुदर्शन बराल र प्रदेश ‘ख’ बाट निर्वाचित सांसद कमलराज श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend