logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरमा भित्र नो पाकिङ्ग, दिउसोको समयमा सवारी लोडअनलोड गर्न नपाइने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी पुस १३ ।
बजार क्षेत्रमा अस्तव्यस्त ट्राफिक व्यवस्था भएपछी गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रको बजार क्षेत्रको लागी नयाँ निर्णय गरेको छ । बिहिवार नगरपालिकामा बसेको जिल्ला स्थित बिभिन्न सरोकारवाला पक्षसँगको छलफलले नगरपालिकाले बजारक्षेत्र भित्र भएको अस्त व्यस्त ट्राफिक व्यवस्थालाई मध्य नजर राखेर बजारको हुलाक कार्यालयबाट उदिनढुङ्गा सम्म सवारी साधन पाकिङ्गमा रोक लगाएको छ । त्यस्तै मिलनचोकबाट पुरानो बसपार्क क्षेत्रभित्र कुनै पनि मोटरसाइकल, जिप, ट्राक लगायतका सवारी साधन पाकिङ्ग गर्न नपाई निर्णय गरेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए । नगरको बजार क्षेत्र भित्र मोटरसाइकलको लागी बिभिन्न छुट्टै स्थानमा पाकिङ्गको व्यवस्था गर्ने भएको छ ।

नगरभित्र बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म माल सामान अनलोड तथा लोक गर्न नपाई निर्णय गरेको छ । उक्त समयमा ठुला सवारी साधनबाट लोडअनलोड गर्न पाउने छैनन् । उक्त समय बाहेक मध्यनन १२ बजे देखि २ बजे सम्ममा साना सवारी साधान जिपले लोक गर्न पाउने छन् । त्यस्तै जिल्लाको मुख्य प्रशासनिक क्षेत्र नजिकै रहेको सार्बजनिक शौचालय सञ्चालनमा ल्याउन भएको छ ।

नगरको चिदीचौर खेल मैदान नजिकै सड्क छेउछाउमा पानी पुरी,मम लगायत बिभिन्न सामाग्रीहरु बिक्री गर्ने तथा सड्कलाई अबरोध गर्ने गरेकाले उक्त स्थानबाट हटाउने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी । उनले उक्त स्थानमा रहेका फुटपात पसल मध्ये फलफुहरु र बदामलाई सरसफाई मा ख्याल राख्दै सड्कको अबरोध नगर्ने गरी बिक्री गर्न दिने निर्णय गरेको छ ।

नगरको बजार क्षेत्र भित्र सड्क छेउछाउमा सामानहरु राखेर पदैल हिडडुल गर्न समेत अबरोध भएपछी नगरपालिकाले बजार क्षेत्रमा नयाँ नियमहरु लागु गर्न बाध्य भएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।

बजार क्षेत्रमा गाउँगाउँबाट किनमेल गर्न आउनेहरुले बजार क्षेत्रमा हिडन समेत नपाएको गुनासो आयो प्रमुख भुसालले भने ‘अब यस बजार क्षेत्रलाई सुन्दर सफा नगर बनाउन र अबस्त व्यस्त ट्राफिक व्यवस्था नयाँ निमय बनायौं ।’

बजारमा जनगुनासो वढ्दै आयो उनले भने ‘पहिलो चरणमा हामिले सुचना जारी गर्दै अनुरोध गर्दछौ दोस्रो चरणमा अटेर गरे कारवाही गछौं । नगर प्रमुख भुसाले नगरभित्र बस्ने सबै आम जनसमुदायले सहयोग गरेर सुन्दरसफा स्वच्छ नगर बनाउने अभियान जुटन आग्रह गरे ।

जिल्लाकै सदरमुकाम रहेको नगरपालिमा अति सानो सड्क हुँदा बजार क्षेत्रभित्र दिउसोको समयमा दैनिक हिडडुल गर्न समेत कठिनाई बढदै जान थालेको छ । सदरमुकाम तम्घास भित्रिने र बाहिरिने बेला बजार क्षेत्रमा निकै भिडभाड हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend